७ बैशाख २०८१, शुक्रबार

पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना


नमस्ते झरना

पृष्ठभूमि : सांघुरीगढी गाउँपालिका स्थित सिम्सुवा खोलामा रहेको नमस्ते झरना पूर्वाञ्चलकै मुख्य पर्यटकिय गन्तव्य वन्दै गएको छ । कोशी राजमार्ग अन्तर्गतको सिम्सुवा गोलाईबाट करिब २ किलोमिटरको दुरीमा रहेको सो झरना हेर्न नेपालसंग सिमा जोडिएको भारतीय शहर सहित तराईका झापा मोरङ्ग सुनसरी लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् ।

परिचय

नमस्ते झरना धनकुटाको सांघुरीगढी गाउँपालिका रहेको छ । नमस्ते झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ । पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारभन्दा ८ किलोमिटर टाढा सिम्सुवामा रहेको करिब ८० मिटरको झरना हेर्न आउने आन्तरिक पर्यटकको सख्या वढ्दै गएको छ । धनकुटा, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट हरेक वर्ष ठूलो संख्यामा मानिसहरु नमस्ते झरना हेर्न पुग्ने गरेका छन् । यो झरना करिव ५० मीटर माथिबाट खस्दछ ।

पर्यटकीय महत्व

करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा हेर्न आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ । झरना अवलोकल गर्न छिमेकी भारत र नेपालको विभिन्न स्थानबाट दैनिक पर्यटक आउने गरेका छन् । शनिबार र बिदाका दिन करिब एक हजार ५०० पर्यटक आउने गरेका छन् । तराईमा गर्मी छल्न झरनामा पर्यटकको बाक्लो आगमन हुन गर्दछ । शैक्षिक भ्रमण, वनभोज जस्ता कार्यक्रम झरना छेउछाउमा हुने गरेका छन् ।

प्राकृतिक सौन्दर्य

राजमार्गबाट १ किमि मात्र टाढा तर पैरोको डर, खोल्सीमा भालु सिस्नुको डर र एकान्त छाँगो भएकोले जो कोही एक्लै दोक्लै जान कोहि पनि सक्दैनन् । यो झरनाको शीरलाई लिम्बूनी लोहोसे भनिन्छ । सो झरना नमस्ते बाजे अर्थात गोबिन्द राज लिम्बूको घर छेउबाट यदी दुरविन लगाएर हेर्ने हो भने प्रकृति प्रेमी पर्यटकहरु त्यसै मन्त्रमुग्न हुन्छन । झरना सम्बन्धि अनुसन्धान गर्ने अनुसन्धानकर्ताको लागि सुगम स्थान तर चुनौतीपूर्ण खोच पनि हो ।

यो झरना हेर्न जति नजिक गयो त्यति हराउदै जान्छ कारण यो अग्लो ठाउँबाट झर्ने र त्यसको आसपासमा रुखपातहरु बढेर छेल्ने भएकोले दृश्य नजिकबाट त्यति देखिन्दैन । उक्त स्थान हेर्नलाई सिम्सुवा मोडबाट खोला भएर उकालो लागेर झरना नजिक पुग्न सकिन्छ । अत्यन्तै रमणीय भेडेटार हुँदै हरियाली जङ्गल पहाड हुँदै त्यहाँ पुग्दा झरनाको सप्तरङ्गी इन्द्रणीको दृष्य हेर्न पाइन्छ ।

पर्यटन प्रर्वद्धन

झरनाकै कारण सो क्षेत्रमा आर्थिक चहलपहल समेत निकै बढेको छ । ५ बर्षको अबधिमा एक दर्जनको हाराहारीमा होटल खुलेका छन् । प्रत्येक होटलले दैनिक १० देखि ५० हजार सम्म कारोवार गदै आएका छन् । पहिलेका तुलनामा होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् । झरनाको प्रवेशद्वार नजिकै साना ठूला गरी एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । झरनासम्म जाने बाटो फराकिलो छ । पर्यटन विकास कार्यालय र होटल एसोसियसन भेंडेटारले झरनाको प्रचार–प्रसार र प्रवद्र्धन गरिरहेका छन्। पर्यटन विकास कार्यालयको सहयोगमा झरना नजिकै कपडा फेर्नका लागि ‘चेञ्जिङ रुम’ निर्माण गरिएको छ । नमस्ते झरना आम्दानीको स्रोत बनेको छ ।

पर्यटकिय सम्भावना

झरनाको थप महत्व बढाउन क्याननिङ, पिकनिक स्पोटर्, पोखरी निर्माण गर्ने तथा झरनाको स्रोत संरक्षण हुने संकेत देखिएको छ । धनकुटाको भेडेटार तथा नाम्जेपछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउन थालेका हुन् । करिव ६० मिटर अग्लो सो झरनाकै कारण सो क्षेत्रका सयै सर्बसाधारणले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् । सामान्य पर्यटकीय स्थलमा पुर्बाधार निर्माण गरि प्रचार–प्रसार गर्न सके सो स्थानमा पर्यटकीय सम्भावना बलियो हुने देखिन्छ ।

कसरी पुग्ने ?

पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारदेखि करिव ८ किलोमिटर मोटरबाटोको यात्रा गरिसकेपछी सिम्सुवामा रहेको नमस्ते झरना पुगिन्छ ।

यो पनि पढ्नुहोस् 

धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर-दन्तकाली पदमार्ग

झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !