१३ बैशाख २०८१, बिहिबार

यस्तो बन्नेछ झापाको सुन्दर पर्यटकीय गन्तव्य गौरादह कृषि पर्यटन क्षेत्र


गौरादह कृषि पर्यटन क्षेत्र

पृष्ठभूमि : नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अनुसार झापा जिल्लाको गौरादह नगरपालिका-५ मा संचालित नमुना सहकारी खेतीलाई छनोट गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार देशकै बलियो उदाहरणको रुपमा संचालित नमुना सहकारी खेतीलाई कृषि पर्यटन गन्तव्यको रुपमा बिकास गर्ने गरि “गौरादह कृषि पर्यटन क्षेत्र” का नाममा छनौट गरेको हो ।

परिचय

गौरादह झापाको पुरानो बजार हो । झापाको गौरादह बजारस्थित गहिरो दह पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । गौरादह बजारको नाम पनि यही गहिरो दहबाट नामाकरण भएको हो । परम्परागत रुपमा हुँदै आएको खेती प्रणालीलाई छाड्न र जग्गालाई एकीकृत गरेर चाक्लाबन्दि गरेर खेती गर्नु आजको आवश्यकता हो । स्थानीयको जग्गा एकीकृत गरेर चाक्लाबन्दि मार्फत ८० बिगाह जमिनमा यहाँ सामुहिक सहकारी खेती हुँदै आएको छ । बिभिन्न उन्नत प्रजातीका कृषि बीउ बिजन उत्पादन गर्ने र किसानसम्म पुर्याउने कार्य गर्दै आएको अवस्थामा केहि समयअघि कृषि पर्यटन क्षेत्र घोषणा भएपछि पर्यटकीय पुर्वाधार बनाउन थालिएकोे छ । पोखरी निर्माण सम्पन्न भएर यहाँ बोटिङ शुरु गर्न लागिएको बताईएको छ ।

महत्व

केहि बर्षअघिदेखि झापाको गौरादह नगरपालिकामा कृषि क्याम्पस सञ्चालनमा आएको छ । कृषि क्याम्पस सञ्चालनमा आएपछि गौरादह कृषि क्षेत्रको अध्ययन र अनुसन्धानका लागि उपयुक्त स्थान बनेको छ ।

पर्यटकीय महत्व

झापाको गौरादह नगरपालिका–९ बैगुन्धुरा बजारबाट करिब ३ किलोमिटर नजिकै पर्ने दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ । सन्थालबस्ती क्षेत्रमा रहेको दहगाँउ खाली सिमसार क्षेत्रलाई आन्तरिक पर्यटन, प्रवद्र्धन गर्न स्थानीयहरुले तयारी थालेका छन् । बर्षौं अघिदेखि दहका रुपमा रहेको त्यस स्थानमा पानीको कहिल्यै नसुक्ने मुहान रहेकोले त्यसको विकास गर्न लागिएको हो । सो ठाउँमा लोपोन्मुख सन्थाल जातिको सघन बसोबास रहेका कारण सन्थालहरुको संस्कार संस्कृति र सिमसार पर्यटकीय विकासका लागि महत्वपूर्ण आधार बन्न सक्ने स्थानीयबासीको भनाई छ । स्थानीयहरुले सो क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सिमसार क्षेत्रको सरसफाई गरि पूर्वाधारहरु निर्माण गर्न माग गरेका छन् ।

प्राकृतिक सौन्दर्य

माछापालनका लागि बनाइएका ठूला जलाशय र त्यसको वरिपरि सजाइएका बगैंचाका कारण हेभन वाटर पार्क झापाको रमणीय पर्यटकीय गन्तब्य बन्न पुगेको छ । पोखरीमा नौका विहार गर्न, बगैंचामा सेल्फी खिच्न र माछा हेर्न यहाँ टाढा टाढादेखि दिनहुँ सयौँ व्यक्ति आउने गरेका छन् । यहाँका ११ पोखरीमध्ये ठूला दुईमा चार वटा डुङ्गा राखिएका छन् । पोखरीको पूर्वी ढोका नजीक माछाको ठूलो चित्राकृति समेत राखेर रमणीय बगैंचा निर्माण गरिएको छ । पार्कमा जलाहारीले माछा निकालेको र भण्डारण गरिएको प्रत्यक्ष अवलोकन गर्न दिइने व्यवस्था मिलाइएका कारण माछा मारेको रमाइलो दृश्य हेर्न सकिन्छ ।

पर्यटन प्रर्वद्धन

झापाको गौरादहस्थित स्कूल चौनमा रहेको कृषि पर्यटन केन्द्रमा ‘नमुना पाहुनाघर’ बनाउने काम शुरु भएको छ । साना किसान सहकारी संस्था महारानी झोडाले प्रवद्र्धन गरेको यहाँ रहेको सामुहिक सहकारी खेतीलाई सरकारले नेपालको पहिलो कृषि पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेपछि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलायको सहयोगमा पाहुना घर बनाउन शुरु गरिएकोे हो ।

पर्यटकिय सम्भावना

गौरादह-१ मा रहेको पोखरीलाई सुविधा सम्पन्न पर्यटकीय स्थलको रुपमा विकास गर्न थालिएको छ । करिब १६ बिगाहा क्षेत्रफलमा फैलिएको ४ वटा पोखरीलाई व्यवस्थित गर्दै आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । यसलाई नमुना क्षेत्र बनाउन पोखरीलाई व्यवस्थित गरि पर्यटकीय स्थल बनाउन विस्तृत योजनाका साथ अघि बढेको छ ।

पोखरीको सफाई, स्तर वृद्धि, भ्युटावर निर्माण, मन्दिर निर्माण, आकाशे पुल, बोटिङ आदी योजना रहेका छन् । माथिल्लो किस्ने खोलाको पानी यही पोखरीमा आएर जम्मा हुने हुँदा पानीको स्रोत पर्याप्त छ । भूमिगत स्रोतबाट पनि पानी आउने हुँदा यो क्षेत्रलाई सिमसारकै रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

कसरी पुग्ने ?

गौरादह दमक नगरपालिका र गौरीगञ्जको मध्य भागमा रहेको छ । यो नगरपालिका झापा क्षेत्र नम्बर ६ मा पर्छ । गौरादह जानलाई दमकबाट २ कि.मि.पुर्ब पडाजुगीबाट १० कि.मि. दक्षिण जानुपर्छ । गौरादह बजारमा सुन्दर पोखरीहरु रहेका छन ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !