१० मंसिर २०८१, सोमबार

हिन्दू, शिख र मुस्लिमको आस्थाको धरोहर बाँकेको कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय क्षेत्र


कम्मर शाह बाबा मजार धार्मिक पर्यटकीय क्षेत्र

पृष्ठभूमि : बाँके जिल्लाको डुडुवा गाउँपालिकामा रहेको कम्मर शाह बाबा मजार उत्कृष्ट १०० नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएको छ । पर्यटकीय स्थलको प्रवर्धनका लागि सरकारले ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेको हो ।

परिचय

बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीमा पर्ने कम्मर शाह मजार हिन्दु र मुस्लिम समुदायको आस्थाको धरोहरको रुपमा रहेको छ । यहाँ हरेकबर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ । कम्मर शाह मजार एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र हुन पुगेको छ । सरकारको उत्कृष्ट १०० नयाँ गन्तव्यमा कम्मर शाह मजार परेकोमा जिल्लाबासीहरु लागि गौरवको विषय भएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

हिन्दु र मुस्लिम समुदायले मिलेर संचालन गर्ने मेलामा भारतबाट समेत हजारौं दर्शनार्थी आउने गरेका छन् । यहाँ हरेकबर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ । यहाँ हरेकबर्ष तिहारपछि धार्मिक सद्भाव झल्काउने मेला लाग्दछ ।

हिन्दु र मुस्लिम समुदायले मिलेर संचालन गर्ने मेलामा भारतबाट समेत हजारौं दर्शनार्थी आउने धार्मिक पर्यटकीय क्षेत्र अन्तर्गत कम्मर शाह मजार पर्दछ । मजारमा पूजापाठका लागि काठमाडौं, भारतको राजधानी दिल्ली, मुम्बई, राजस्थान, पटना, लखनऊ लगायत सहरबाट आशिर्वाद लिन आउने गका छन् । निम्न वर्गदेखि उच्च घरानाका समेत पूजापाठका लागि आएको पाइन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

भक्तजनहरु मजारमा आशिर्वाद लिन, माग्न वा भाकल गर्न, सुख, शान्ति प्राप्तिका लागि आउने गरेका छन् । दीर्घरोगका बिरामी, उपचार गराएर निको नभएका बिरामी निको हुने विश्वास लिएर मजारमा आउने गरेका छन् ।

पर्यटकीय महत्व

बाँके जिल्ला धार्मिक पर्यटनको सम्भावना भएको जिल्ला हो । कम्दीको बाबा कम्मर शाह मजार हिन्दू, शिख र मुस्लिम समुदायको आस्थाको प्रतिकको रुपमा रहेको छ ।

बिभिन्न धर्म, सम्प्रदाय बीचको अनेकतामा एकता कायम गर्न बाँके सबैको चासोको केन्द्र बनेको छ । धार्मिक सद्भाव कायम गराउनका लागि यहां खेलिएको भुमिकाको देश बिदेशबाट प्रशंसा हुने गरेको छ ।

पर्यटकीय सम्भावना

बाँकेको कम्दी गाविसमा हिन्दुसँगै ईस्लाम धर्मावलम्बीहरुको बसोबास रहेको छ । बाँकेलाई सामाजिक सद्भावको रुपमा विकास गर्ने अभियान देख्न सकिन्छ । बाबा कमरशाह मजारमा हरेक बर्ष धार्मिक मेला लाग्दछ । सो मेलाको संचालक हिन्दु र ईस्लाम धर्मावलम्बीहरु एकआपसमा मिलेर सहकार्य गरेर गर्दछन् ।

नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएका नया पर्यटकीय गन्तब्यहरु अन्तर्गत यो कम्मर शाह मजार निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।

समस्याहरु

मजारको संरक्षणको अभाव मात्र होइन पूजापाठ गर्न आउनेहरूले समेत जंगलमा शौच गर्नुपर्ने बाध्यता छ । शौचालय नहुँदा मजारका पुजारी र अन्य भक्तजन नजिकको जंगलमा शौच गर्दै आएका छन् । मजारमा आउने भक्तजनका लागि ओत लाग्ने ठाउँ समेत छैन ।

गर्मीमा वास बस्न समस्या नभएपनि बर्षात् र चिसो याममा भक्तजनलाई समस्या हुने गरेको छ । सानो पानी पर्नासाथ रुखको ओत लाग्नुको विकल्प छैन । मजारमा पिउने पानीको पनि समस्या छ ।

कसरी पुग्ने ?

कम्मर शाह मजार धार्मिक पर्यटकीय क्षेत्र नेपालगन्जबाट ८ किलोमिटर पूर्वमा रहेको छ ।

यो पनि पढ्नुहोस्

रोल्पाको सुन्दर धार्मिक पर्यटकीय गन्तव्य जलजला

पर्यटक लोभ्याउँने प्युठान झिमरुकमा अवस्थित रक गार्डेन

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि

विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर ताल

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !