१४ बैशाख २०८१, शुक्रबार

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

गौतम बुद्धकी आमा मायाँदेवी र धर्मपत्नी यशोधराकोको माईती देवदह


गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

पृष्ठभूमि : गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट पूर्वमा रहेको मायाँदेवीको माईती, रूपन्देहीको देबदह बुद्धकी आमा मायादेवी, सानीआमा प्रजापति र धर्मपत्नी यशोधराको समेत माईतीस्थल हो ।

परिचय

प्राचीन कोलीय राज्यको राजधानी देवदह नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावली स्थलको रुपमा प्रसिद्ध रहेको छ ।

नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्र अनुसार साविक सिक्टहन गा.वि.स. थप भई हालको देवदह नगरपालिका बनेको हो ।

भवानीपुर, कन्यामाई, बैरीमाई लगायतमा यसअघि पुरातत्त्व विभागले उत्खनन गरी केही बौद्धकालीन सामग्री र संरचना पत्ता लगाएको छ । देवदहलाई प्राचिन कोलिय राजधानी तथा वुद्धको मावली स्थलको रुपमा रहेको यथार्थलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचय गराउन स्थानीय पाठयक्रम निर्माण गरी यसै वर्षदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा समेत वौद्धशिक्षा र देवदह परिचय नामक पाठ्यपुस्तक लागू गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

पुरातात्त्विक वस्तुले भरिपूर्ण देवदहलाई बुद्धकी आमा मायादेवी, पत्नी यशोधरा र सुसारे गौतमीको जन्म तथा बाल्यकाल बितेको पवित्र स्थान मानिन्छ । भवानीपुर, पाकरी वृक्ष, कन्यामाई, बैरीमाई, खयरडाँडा, माथागढी, प्राचीन रोहिणी नदी, देवी दमार, कुँवरवर्ती लगायत बौद्ध क्षेत्र यहाँ छन् ।

प्राकृतिक सौन्दर्य

कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको, विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको

आकर्षणहरु

देवदहमा बुद्ध मावली भवानीपुर, दह, बुद्धकालीन राजाका दरबार, पाकरी वृक्ष खयरडाँडा, कन्यामाई, बैरीमाई, माथागढी किल्ला लगायतका पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल छन ।

पर्यटन प्रर्वद्धन

पर्यटकीय बिकासको लागि मायादेवीको मन्दिर, प्राचीन कुँवा, प्राचीन अशोक स्तम्भ लगायत स्थानमा पर्यटन मन्त्रालय अन्तर्गत लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन समितिले यसअघि स्वागतद्वार, पक्की पोखरी, पर्खाल लगायत निर्माण गरेको छ । देवदह घुम्न आउने पर्यटकलाई बास बसाल्ने नगरपालिकाको योजना छ ।

यसका लागि शरणटाँडी, शिशुपुर र मुढावासमा होमस्टे सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरिएको र बजेट समेत विनियोजन गरिएको छ । देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको विकास र सम्वद्र्धनको लागि विशेष कार्यक्रम र योजना अगाडि सारिएको छ ।

पर्यटकीय सम्भावना

देवदह पर्यटकीय क्षेत्रको प्रचार गर्ने र सबै ठाउँमा पुर्याउने सडक हुने हो भने मात्रै पनि लुम्बिनी आउने धेरै पर्यटकलाई यता तान्न सकिन्छ । देवदह बुद्धको मावली थलो एवं लुम्बिनीसँग जोडिएको ऐतिहासिक स्थल भएकाले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना रहेको छ ।

कसरी पुग्ने ?

लुम्बिनीदेखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह सजिलै पुग्न सकिन्छ ।

पकडी रुख, देवदह
पकडी रुख, देवदह
देवदह पोखरी
देवदह पोखरी
देवदह
देवदह

यो पनि पढ्नुहोस्

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र

श्रृङले ऋषिले तपस्या गरेको गुल्मीको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक पुण्य तपोभूमि रेसुङ्गा

वाल्मीकि ऋषिले तपस्या गरेको नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !