१४ बैशाख २०८१, शुक्रबार

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर


रम्भादेवी मन्दिर

पृष्ठभूमि : पुर्बी पाल्पाको ताहूमा रहेको रम्भादेवीको ऐतिहासिक महत्व भएको धार्मीक पर्यटकिय स्थल हो । मगर जातीहरुको वाहुल्यता रहेको पुर्वी पाल्पामा रम्भादेवी सवै जाती जनजातीहरुको आस्थाको केन्द्रबिन्दु पनि हो ।

परिचय

पाल्पा जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थल हो रम्भादेवी मन्दिर । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरु मा पाल्पा जिल्लाको रम्भादेवी मन्दिरलाई छनोट गरेको थियो ।

धार्मिक तथा सांस्कृतिक महत्व

प्रसिद्ध रम्भादेवी क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् । स्थानीयको सक्रियतामा धार्मिक आस्थाको केन्द्र रम्भादेवी क्षेत्रमा पर्यटकीय पूर्वाधारको काम सुरु भएको छ ।

तानसेनबाट ३० किलोमिटर रम्भा ५ ताँहुमा पर्ने रम्भादेवी यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियान सुरु भएको छ । रम्भादेवीमा वाह्य पर्यटकहरु कमै पुग्ने भएपनि ग्रामीण पर्यटकहरुको लागि गन्तब्य भएको छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

रम्भादेवी मन्दिर भगवान राम सिता ऋषिमुनीहरुसंग पनि जोडिएको छ । ऐतिहासिक रुपले महत्व राख्ने पाल्पाली सेनवंशिय राजाहरुले राज्य गरेको ठाउ, नेपाल एकिकरण अभियानको क्रममा गोर्खाली फौज र पाल्पाली फैज बीच युद्ध भएको बाकुमगढी र ऋषिहरुले तपस्या गरेको पवित्र तपोभुमी रिमिघालेक यसै क्षेत्रमा पर्दछ ।

प्राकृतिक सौन्दर्य

रम्भादेवीको वन जंगल प्राकृतिक रुपले रमणिय छ । सामुन्द्रिक सतह देखि रम्भादेवी चार हजार दुईसय फिट उचाईमा पर्दछ । तीर्थाटन पर्यटकहरुको लागि गन्तब्य बनेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई सास्कृतिक, सामुदायिक वन, पर्यटन विकास र जैविक विविधताले समेत ग्रामीण पर्यटकहरुका लागि महत्वपूर्ण स्थल मानिन्छ ।

पर्यटकीय महत्व

पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेको छ । सरकारले ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रम अन्र्तगत रामपुर नगरपालिकाको तालपोखरा र रम्भा गाउँपालिकाको रम्भादेवी मन्दिर परेका छन् ।

पर्यटकीय सम्भावना

सरकारले हालैमात्र १०० पर्यटकीय क्षेत्र अन्तर्गत तालपोखरा रम्भादेवी मन्दिर पर्यटन क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि रामपुरवासीमा उत्साह बढेको छ । यस्तै रम्भा गाउँपालिकामा पर्ने रम्भादेवी मन्दिरलाई पनि सरकारले पर्यटकीय क्षेत्रको सूचीमा राखेसँगै रम्भा गाउँपालिकाका स्थानीयले गाउँपालिकामा विकासको गति लिने आशा गरेका छन् । यसअघि नै सरकारले पाल्पाकै ऐतिहासिक, पर्यटकीय रानीमहल दरबार र श्रीनगर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा राखेको छ । अहिले यी क्षेत्रलाई पनि सरकारले प्रवद्र्धनका लागि पर्यटकीय क्षेत्रको सूचीमा राखेको छ ।

कसरी पुग्ने ?

रम्भादेवी जानको लागि ताहूँ बजार देखि करिब १.५ किलोमिटर उत्तरतर्फ जीप, मोटर साइकल अथवा पैदल यात्रापछि नाचन डाडाँमा पुगिन्छ ।
 रम्भादेवी मन्दिर

यो पनि पढ्नुहोस्

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र

श्रृङले ऋषिले तपस्या गरेको गुल्मीको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक पुण्य तपोभूमि रेसुङ्गा

वाल्मीकि ऋषिले तपस्या गरेको नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर

सत्ययुगमा सतीदेवीको गलापतन भएको म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !