४ बैशाख २०८१, मंगलबार

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र


सैनामैना

पृष्ठभूमि : रूपन्देही जिल्लाको सैनामैना पर्यटकीय क्षेत्र नामवाट सैनामैना नगरपालिकाको नामकरण गरिएको हो । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्व बोकेको छ ।

परिचय

सैनामैना लुम्बिनी अञ्चलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित नगरपालिका हो । सैनामैना नगरपालिका पूर्व बुटवल उप-महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका, उत्तरमा शितगंगा नगरपालिका, रैनादेवी छहरा र तिनाउ गाउपालिका, दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउपालिका यी चार किल्लाभित्र अवस्थित पर्रोहा, दुधराक्ष र सालझन्डी गरी साविकका ३ गा.बि.स. को मिलनबाट बनेको नगरपालिका हो । सरकारले हालैमात्र १०० पर्यटकीय क्षेत्र अन्तर्गत सैनामैनालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेपछि स्थानीय वासीहरुमा उत्साह बढेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रुपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

सैनामैना नगरपालिका ऐतिहासीक तथा पुरातात्विक सम्पदाको धनी मानिन्छ । बौद्धकालिन सब्यतासंग जोडिएको सैनामैना भित्र थुप्रै ऐतिहासिक सम्पदा रहेको छ । सैनामैनाभित्र रहेका पुरातात्विक बस्तु अन्र्तगत शिला लेख,विभिन्न आकारका भागवानका मुर्ति, अवशेषहरु तथा बौद्धकालिन समयका कुवाहरु पर्दछन ।

पर्यटकीय सम्भावना

ऐतिहासिक सम्पदाको पुर्नस्थापीत गरी पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सके सैनामैना नेपालकै एक नमुना पर्यटकी गन्तब्य बन्न सक्छ ।

कसरी पुग्ने ?

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट मात्र १७ कि.मि उत्तर र ऐतिहासिक क्षेत्र बल्ढेङ्गगडी (बलिहाङ्ग राजा जसलाई तिहारको देउसीमा बलि राजा भनेर भटटाईन्छ) बाट दक्षिणतर्फ लागेपछि सैनामैना पर्दछ ।

यो पनि पढ्नुहोस्

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र

श्रृङले ऋषिले तपस्या गरेको गुल्मीको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक पुण्य तपोभूमि रेसुङ्गा

वाल्मीकि ऋषिले तपस्या गरेको नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर

सत्ययुगमा सतीदेवीको गलापतन भएको म्याग्दीको धार्मिक तीर्थस्थल गलेश्वर मन्दिर

धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !