५ जेष्ठ २०८१, शनिबार

पर्यटक लोभ्याउँने प्युठान झिमरुकमा अवस्थित रक गार्डेन


प्युठान झिमरुकमा अवस्थित रक गार्डेन

पृष्ठभूमि : प्युठान जिल्लाको झिमरुक गाउँपालिकाको झिमरुक नदी किनारमा रहेको ढुंगालाई वर्षौँदेखि नदीको बहावले खियाएर विभिन्न आकृति बनेको देखिन्छ । नदी किनारमा ढुंगा मानव निर्मित नभएपनि कलात्मक देखिन्छन् ।

परिचय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यहरूमध्ये प्युठान जिल्लाको झिमरुक गाउँपालिकाको ओखरकोट ‘रक गार्डेन’ पनि समावेश गरेको छ । पर्यटकहरुलाई आकर्षण गर्ने योजनाका साथ प्युठान जिल्लाको झिमरुक गाउँपालिकाले नदी किनारमा नदीको बहावले खियाएर बनाएको विभिन्न आकृतिलाई चट्टानको बगैँचा (रक गार्डेन) को रुपमा थप निर्माण गरी रक गार्डेनको रुपमा विकसित गरिने भएको हो ।

चट्टानै चट्टानको गार्डेनमा बिजुली, वनभोज स्थल, वासस्थान लगायत भौतिक पूर्वाधारको निर्माण गरिनेछ । चट्टानै चट्टानको गार्डेनमा नदी किनारमा रहेको ढुंगालाई वर्षौँदेखि नदीको बहावले खियाएर विभिन्न आकृति बनेको देखिन्छ ।

प्राकृतिक सौन्दर्य

प्राकृतिक सौन्र्दयतालाई कुनै असर नपर्ने गरी त्यसलाई अझै आकर्षित बनाइने भएको छ । प्रकृतिको सौन्दर्यमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी चट्टानका विभिन्न आकारप्रकार बनाउन लागिएको हो । रक गार्डेनले पर्यटकलाई आनन्दानुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पर्यटकीय महत्व

झिमरुक नदी किनारमा रहेको ढुंगालाई वर्षौँदेखि नदीको बहावले खियाएर विभिन्न आकृति बनेको देखिन्छ । नदी किनारमा ढुंगा मानव निर्मित नभएपनि कलात्मक देखिन्छन् । परापूर्वकालमा पहिरो गएर ढुंगा थुप्रिएको हुन सक्ने यहाँका स्थानीय बताउँछन् । यसरी देखिने चट्टानहरू निकै आकर्षक छन् ।

पर्यटन प्रर्वद्धन

आन्तरिक र वाह्य पर्यटकलाई गाउँपालिकासम्म ल्याउनका लागी गाउपालिकाले अभियान सञ्चालन गरेको छ । गार्डेनमा पूर्णरूपमा प्राकृतिक सौन्दर्य कायम स्वदेशी(विदेशी पर्यटक आकर्षित गरिनेछ । रक गार्डेन निर्माणले गाउँपालिकाका साथै समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने आशा गरिएको छ । चट्टानमा प्राकृतिक रुपमा कुदिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिइएको छ ।

प्राकृतिक सम्भावना

प्राकृतिक सौन्र्दयतालाई कुनै असर नपर्ने गरी त्यसलाई अझै आकर्षित बनाइने भएको छ । चट्टानै चट्टानको गार्डेनमा पर्यटकीय स्थलका लागी आबश्यक पर्ने विभिन्न भौतिक पूर्बाधारको निर्माण गरिने छ । प्राकृतिक सौन्दर्यताप्रति स्वदेशी प्रर्यटकका साथै बिदेशी प्रर्यटकलाई समेत आकर्षित गर्ने गरि गार्डेन निर्माण गर्न लागिएको छ । प्रकृतिको सौन्दर्यतामा रमाउन चाहाने स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई आकर्षित गर्ने गरी बिभिन्न आकार(प्रकारका चट्टानले आकर्षण गर्ने भएकाले गार्डेन निर्माण गर्न लागेकोले पर्यटकीय सम्भावना बोकेको छ ।

समस्याहरु

रक गार्डेन बनाउन लागिएको ठाउँ पर्यटकीय सम्भावनाले भरिपूर्ण भएपनि उचित प्रचार–प्रसारको अभावमा पर्यटक आकर्षित हुन सकेका थिएनन् ।

यो पनि पढ्नुहोस्

संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँचीको पाँणिनी तपोभूमि

विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर ताल

पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !