१२ बैशाख २०८१, बुधबार

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क


ग्लोबल पिस पार्क

पृष्ठभूमि : व्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बुटवलले चारपाला सामुदायिक वनको करिब १६ बिघा जग्गामा वृक्षारोपण सहित आध्यात्मिक संरचना बनाएर ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान) का रुपमा विकास गरेको छ । ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान) अहिले प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ ।

परिचय

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको १२ ढबाहाको उत्तरी क्षेत्रमा रहेको १० हेक्टर क्षेत्रलाई हाल आकर्षक अनि रमणीय उद्यानका रुपमा विकास गरेको हो । ग्लोबल पिस पार्कलाई प्रकृति र अध्यात्ममा रमाउने नेपालकै नमूना पार्कको रुपमा विकास गर्न २ बिघामा दिल्ली अक्षरधामको जस्तै म्युजिकल फाउन्टेन, १० कठ्ठामा आर्ट ग्यालरी, अडिटोरियम हल, भ्यू टावर, झरना, गार्डेन, पोखरी र थप सेडहरु बनाउने लक्ष्य रहेको छ । यहाँ करिब ५० जना स्वयंसेवी ब्रह्मकुमार र ब्रह्मकुमारीहरु बस्न सातवटा कटेज पनि बनेका छन् । उद्यानको दुबैतर्फ रहेको सतगढी खोलामा केन्द्रले तटबन्ध गरेको छ

ग्लोबल पिस पार्क
आध्यात्मिक तथा धार्मिक पक्ष

यो पार्क शान्त र आध्यात्मिक पार्कको रूपमा परिचित छ । अरु पार्कहरूमा जस्तो जोडीहरू खुलेआम आलिंगन गरेर घुम्न, चर्को स्वरमा हल्ला गर्न, उच्छृंखल गतिविधि गर्न यहाँ पाइँदैन । मदिरा तथा माछा, मासु माछा सेवन गर्न पनि मनाही गरिएको छ । यो ठाउँ अहिले प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ ।

शिवको मुर्ति सहित यहां रहेको कैलाश पर्वत र ध्यानकुटीले पनि पर्यटकलाई तानेको छ । घुम्न आउनेहरुलाई विश्राम गर्न तीनवटा सेड र बगैंचा बनाइएको छ ।

प्राकृतिक सौन्दर्य

शिवको मुर्ति सहित यहां रहेको कैलाश पर्वत र ध्यानकुटीले पनि पर्यटकलाई तानेको छ । घुम्न आउनेहरुलाई विश्राम गर्न तीनवटा सेड र बगैंचा बनाइएको छ । यो ठाउँ अहिले प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ ।

पर्यटकीय  महत्व

शान्त र मनोरम वातावरणमा रमाउन यहाँ सरदर दैनिक ६०० जनाका दरले पर्यटक पुग्ने गरेका छन् । सार्वजनिक विदा र चाडपर्वका दिनमा त उद्यान हजारौं मान्छेले भरिभराउ हुने गर्छन ।

जैविक विविधता

धार्मिक वनका रूपमा २०७३ सालमा दर्ता भएको यो शान्ति उद्यानमा करिब २ सय प्रजातिका विभिन्न प्रजातिका बृक्ष रोपिएका छन् । यहां वर, पिपल, समी, रुद्राक्ष, बेल, कपूर, चन्दनलगायत धार्मिक आस्थासंग सम्बन्धित करिब ५ हजार जति रुखरविरुवाहरु रोपिएका छन् ।

उद्यानभित्र ६० प्रकारका फलफूलका विरुवा पनि हुर्किएका छन् । जडिबुटी र शो प्लान्टहरु पनि छन् । यहाँको सबैभन्दा आकर्षण र विशेषता बाख्रे घाँस (सिंघोर) को बोटलाई मयूर, डांफे, खरायो, हात्ती आदि पंक्षी र जीवजन्तुको स्वरुप दिइएको छ ।

ग्लोबल पिस पार्क
पर्यटकीय सम्भावना

यस पार्कलाई प्रकृति र अध्यात्ममा रमाउने नेपालकै नमूना पार्कको रुपमा विकास गर्न लगिएको छ । २ बिघामा दिल्ली अक्षरधामको जस्तै म्युजिकल फाउन्टेन, १० कठ्ठामा आर्ट ग्यालरी, अडिटोरियम हल, भ्यू टावर, झरना, गार्डेन, पोखरी र थप सेडहरु बनाउने लक्ष्य रहेको छ ।

पार्कमा घुम्न आउने पर्यटकको संख्या थपिंदै जान थालेपछि गुरुयोजना बनाएर अन्तर्रा्ष्ट्रिय स्तरको विश्व शान्ति उद्यान बनाउने लक्ष्य रहेको र वुद्ध जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई पिस पार्कसम्म ल्याई उनीहरुको बसाई लम्ब्याउने गरी गुरुयोजना बनाइएकाले पर्यटकीय सम्भावना बढेको छ ।

कसरी पुग्ने ?

महेन्द्र राजमार्गमा अवस्थित प्रमुख ब्यापारिक सहर मध्ये एक सहर बुटवलवाट करिव २०० मिटर उत्तरतिर यो पार्क अवस्थित छ ।

यो पनि पढ्नुहोस्

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर

गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र

श्रृङले ऋषिले तपस्या गरेको गुल्मीको ऐतिहासिक, पर्यटकीय तथा धार्मिक पुण्य तपोभूमि रेसुङ्गा

वाल्मीकि ऋषिले तपस्या गरेको नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !