२५ बैशाख २०८१, मंगलबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना, पाइलट घाइते


मनाङ एयर

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन जाँदा दुर्घटना भएको हो ।

रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर आज बिहान सवा ७:१३ बजे दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइ घाइते भएका छन् ।

सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो । प्रत्यक्षदर्शीले उपलब्ध गराएको एक भिडियोमा दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको देखिएको छ ।

नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ भने उनलाई ह्याम्स हस्पिटल उपचार गरिएको भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !