१० जेष्ठ २०८१, बिहिबार

त्रिभुवन विमानस्थलमा शंका लागेर रोकिएको जहाज मुम्बई उड्यो


वाइडबडी

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट मुम्बई उड्न लागेको नेपाल एयरलाइन्स जहाजमा आतंकवादी रहेको सूचनापछि रोकेर यात्रहरु ओरालेको जहाज करिब २ घण्टापछि मुम्बई उडेको छ ।

काठमाडौंबाट आज बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालिएको थियो । ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकिएको थियो ।

उक्त जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो । उक्त बिमानमा चढेका १४१ जना सबै यात्रुहरुलाई ओरालेर चेक जाँच गरिएको थियो ।

उक्त विमानमा शंकास्पद व्यक्ति रहेको सूचनापछि उडान रोकेर यारुहरुको चेकजाँच गरिएको थियो । पक्राउ परेका व्यक्ति ‘सुन चोरी’मा संलग्न रहेको प्रहरीले आशंका गरेको छ । नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए ।

श्रीमान्-श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेको छ । पक्राउ परेका व्यक्ति नेपाली नागरिक हुन् । एक उच्च प्रहरी अधिकारीका अनुसार उनको डोटी जिल्लामा सुन पसल छ ।

केही समयअघि भारतबाट सुन चोरर केही व्यक्ति कैलाली आएको सूचनाका आधारमा प्रहरीको विशेष ब्यूरोले अनुसन्धान गरेको थियो । प्रहरीले दिएको जानकारीअनुसार पक्राउ परेका व्यक्ति भारतबाट सुन चोरेर नेपाल आएको र फेरि मुम्बई भाग्ने योजनामा थिए ।

यो पनि पढ्नुहोस्

विमानस्थलबाट पक्राउ पर्ने व्यक्ति ‘सुन चोरी’मा संलग्न रहेको प्रहरीको आशंका

मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो, २ जना पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !