२० बैशाख २०८१, बिहिबार

मुम्बई उड्न लागेको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो, २ जना पक्राउ


नेपाल वायु सेवा

काठमाडौँ । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्स जहाजमा आतंकवादी रहेको सूचनापछि उक्त बिमानमा चढेका यात्रुहरु ओरालिएको छ । काठमाडौंबाट आज बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालिएको हो ।

उक्त जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ । उक्त बिमानमा चढेका १४१ जना सबै यात्रुहरुलाई ओरालेर चेक जाँच गरिएको छ ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए ।

श्रीमान्-श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेको छ । ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !