२४ पुस २०८१, बुधबार

शरीरको लम्बाइ बढाउने भए गर्नुहोस् यी एक्सरसाइज


एक्सरसाइज

एजेन्सी । विज्ञहरु भन्छन् केही यस्ता एक्सरसाइज छन् जो नियमित गर्ने हो भने शरीरको लम्बाई बढाउन मद्दत गर्दछ । शरीरको लम्बाइ बढाउनका लागि सबैभन्दा उत्तम उपाय हो स्किपिङ । जसलाई हामी सामान्य भाषमा डोरी खेल्ने पनि भनिन्छ । यसको माध्यामबाट शरीरमा रक्त संचार सही बनाइराख्छ जसले शरीरको हड्डीको लम्बाई बढाउन निरन्तर दबाब बनाउनेछ । यसका साथै बास्केटबल खेलले पनि शरीरको लम्बाइ बढाउन मद्दत गर्दछ । शरीरको लम्बाइ बढाउने अर्को उत्तम उपाय हो पौडी । दैनिक २ घण्टा पौडी खेल्ने हो भने लम्बाई बढाउन काफी मद्दत पुग्ने विज्ञहरुको भनाई छ । कोब्रा स्ट्रेच अर्को महत्वपूर्ण कसरत हो । यसका लागि जमिनमा उल्टो पल्टिएर हातलाई जमीनमा टेकाउनुपर्छ । यस दौरान हात तपाइको पेटको भागको नजिक हुनु आवश्यक छ । फेरि शरीरको अगाडिको भाग विपरित दिशाामा स्ट्रेच गर्नुपर्छ । यसलाई कम्तीमा ३ देखि ४ पटक दोहोर्याउनुपर्छ । सिटेड फरवार्ड बेड अर्को कसरत हो । यसमा भुईँमा बसेर दुवै खुट्टा अगाडि सिधा राख्नुपर्छ । त्यसपछि दुवै हात माथि राखि उठाउनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !