१० जेष्ठ २०८१, बिहिबार

शिक्षा होइन सीप र प्रतिभाको विकास गरौं, जसले गर्नेछ बेरोजगारको अन्त्य


सीप र प्रतिभा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिस जब यो धर्तिमा आएको हुन्छ तब उसमा केहि न केही प्रतिभा लुकेको हुन्छ । यस्ता व्यक्तिले चाहदा-चाहदै आफ्नो प्रतिभा समाजलाई देखाउन पाएका हुदैनन् । प्रतिभा देखाउने माध्यम भनेको खोज हो । समाजमा लुकेका त्यस्ता प्रतिभालाई सरकारले खोजेर अगाडि ल्याउन सके ठूलो उपलब्धि हुने देखिन्छ ।

शिक्षा कतिपयले प्राप्त गरेका हुन्छन भने कतिपयले गर्न पाएका हुदैनन् तर पनि एउटा शिक्षित व्यक्ति भन्दा नपढेको व्यक्तिले बढी कमाएको देख्छौं । कसैमा गीत गाउने प्रतिभा हुन्छ, कसैमा मादल बजाउने, कसैमा मुरली बजाउने हुन्छ भने कसैमा जडिबुटीबाट उपचार गराउने जस्ता अनेकौं प्रतिभा हामीले पाएका हुन्छौं ।

एउटा सानो बच्चालाई सानैदेखि मादल बजाउन सिकाउछौं भने उसले त्यो चाँडो सिकेको हुन्छ तर त्यही बच्चालाई शिक्षा दिन प्रयत्न गर्छौं भने चाँडो लिन सकेको हुदैन । हामीले शिक्षा प्राप्त गरेको ब्यक्ति यहाँ प्राय: हरेक घरमा देख्न सक्छौं । तर बेरोजगार भएको पाउछौं । हामीले शिक्षा होइन सिपको विकास गराउन सक्छौं भने अनपढले पनि चाँडो सिक्ने गरेको पाउछौं ।

देश सुहाउदो भेष भनेको शिक्षा होइन सीपको विकास गर्नु पनि महत्वपूर्ण हुन्छ । सीपमुलक तालीम चाहे शिक्षित होस् या अशिक्षित किन नहोस् सीपको विकास यदि हामी गर्छौं भने कोहि खाली नहुने देखिन्छ । शिक्षा दिनुपर्छ तर शिक्षा दिएर शिक्षा अनुसारको काम दिन सके मात्र यो सम्भव छ ।

आज नेपालमा शिक्षित बेरोजगार हामीले बढी देखिरहेका छौं । शिक्षा त्यस्तो देशको लागि सम्भावना छ जहाँ पूर्व विकास भईसकेको होस् तर अल्प विकसित राष्ट्रको हकमा सिपको विकास हुनुपर्छ । सीपमुलक शिक्षा दिन सके कोही बेरोजगार नहुने निश्चित छ ।

शिक्षा आवश्यक छ तर हामीले दिने गरेको शिक्षालाई दूरशिक्षाको नाम दिन सकिन्छ जसले केवल शिक्षित बेरोजगार मात्र बनाउने छ । आज दिन-प्रतिदिन शिक्षित बेरोजगार बढेको अवस्थामा केवल शिक्षा दिने होइन सिप दिने काममा सरकारको ध्यान यसतर्फ जाओस् भन्ने हाम्रो परामर्श छ ।

कामले काम सिकाउछ भन्ने युक्तिलाई आत्मसाथ गर्दै हामी अघि बढ्न सक्छौं भने यसले ठूलो उपलब्धि हुन सक्नेछ । आज शिक्षाले नेता जन्माउने गरेको हामीले देखेका छौं यसले देशमा खिचलो पैदा गराउन सक्छ । कम पढेकाले राजनीति गर्ने तर हामी पढेका फाल्तु बस्ने भन्ने कुराले आज ठूलो आन्दोलन मचिन सक्ने सम्भावना बढेको छ यस्को ठोस कारण हो शिक्षित बेरोजगार बढाउनु ।

आज देशले बेरोजगार युवा थुपार्दैछ । यस तर्फ ध्यान जान नसक्नु दुर्भाग्य हो भन्दा खासै फरक छैन । उधोगमा सरकारको ध्यान जान नसक्नु दुर्भाग्य भन्दा खासै फरक छैन । बन्द उधोग तर्फ सरकारले ध्यान दिन सके यो भन्दा ठूलो उपलब्धि अरू केही नहुने देखिएको छ ।

यो पनि पढनुहोस्

हामी स्वार्थमा होइन विकासमा लागौं

जोखिम नउठाई सम्भव छैन विकास

देशको विकास गर्न हुनुपर्छ चतुरो र चनाखो

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

नेपालमा विकास किन हुन सकेन, यस्तो पाराले के देश बन्ला त ?

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !