५ जेष्ठ २०८१, शनिबार

हामी स्वार्थमा होइन विकासमा लागौं


विकास
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामीमा एकता सद्भाव र सहयोगी भावना राजनीतिका कारण समाप्त भएको छ । पहिलो प्राथमिकता विकास दोस्रो राजनीति हुनुपर्छ । तर यहाँ सवै संग्लो पानीलाई धमिलो पार्न मात्र लागेको देखिन्छ । कसैले राम्रो गर्न चाहेमा खुट्टा तान्ने जस्ता क्रियाकलाप देखिएको छ । यसले नत देशको विकास हुन्छ नत पब्लिकको नै ।

आज विकासमा भन्दा राजनीति भरण पोषणमा दलहरु लागेका छन् । दलको प्रमुख दायित्व बन्द उद्योग खोल्न र नयाँ नयाँ उद्योग स्थापनातर्फ लाग्नु पर्नेमा सवै उल्टो परिपाटीको जन्म भएको छ । देश सुहाउदो नत भाषा नै छ नत धर्म संस्कृतिको विकास छ सवै स्वार्थमा डुब्दैछ ।

दलगत व्यवस्थाले देश धरासायी हुदैछ । सचेत नागरिकको करतव्य के हो भन्ने कुरा नै छैन । हिजो विकास भएन निरंकुश शाशन हटाउनुपर्ने भन्दै जनतालाई उकस्याएर आन्दोलनमा होमिएका थिए तर स्वयम् निरंकुशतर्फ धकिलिदै गए । देशको विकास ओरालो लाग्दै गयो यो दुर्भाग्य हो भन्दा खासै फरक छैन ।

हामीले सवैभन्दा पहिले उदाहरणीय कामको थालनी गर्नुपर्नेमा आन्दोलनको मर्मलाई भुलेर स्वार्थमा डुब्दै गयौं । उसले दल बदनाम हुने बाहेक अरू केही रहेन । नत देशमा उद्योग स्थापना भए नत बेरोजगारको अन्त नै भयो यदि भयो भने युवा पलायन गराउने काम भयो यसले बेरोजगार थपिदै गयो र अझ थपिने सम्भावना बढेको छ ।

नेपाल जस्तो अल्पविकसित देशलाई नत संघियता नै आवश्यकता थियो, नत स्वार्थले भरिएको दलगत व्यवस्था नै आवश्यक थियो । आवश्यकता थियो भने विकासको उद्योग कलखारखानाको थियो तर सवै भएका पनि समाप्त पारियो ।

यसरी देश ओरालोतर्फ लाग्दै गयो । लोकतन्त्र राजनीति खिचातानी र स्वार्थ भ्रष्टाचारका कारण समाप्त हुने खतरा बढ्दै गयो । यहाँ उत्पादनमुखी केहि भएन । जलस्रोत खानी जडिबुटीले भरिएको देश आज पछाडि पर्दै गएको देखिदैछ । विदेशीले विकास गरिदिन्छ भन्ने आशामा हात थाप्ने परिपाटी जन्म गराइएको छ यो भन्दा दुर्भाग्य अरू के हुन सक्छ ।

कमजोर सोच र धनी बन्ने होडमा देशको अर्थतन्त्रमै प्रश्नचिन्ह खडा भयो यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ । भागबन्डामा देशलाई फसाइदैछ । फ्रिमा पाएको नुन दश माना खाने परिपाटीको जन्म भयो । हामीले अब निम्न बुँदामा ध्यान दिन सके देशमा आमुल परिवर्तन निश्चित हुनेछ ।

१. खेती योग्य जमिनमा नहरको व्यवस्था

२. लघुजल बिद्युत योजना

३. जडिबुटी लगाउन पब्लिकलाई प्रोत्साहन

४. उत्पादनतर्फ कृषकलाई योगदान

५. उत्पादन भएको बालीनाली सरकाले नै खरिद गरेर बजार पुर्याउने व्यवस्था

६. सीपमुलक तालीमको व्यवस्था

७. शिक्षा १२ पास भएकालाई मात्र अंग्रेजी विषयमा शिक्षा पढाउन

यो पनि पढनुहोस्

जोखिम नउठाई सम्भव छैन विकास

देशको विकास गर्न हुनुपर्छ चतुरो र चनाखो

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

नेपालमा विकास किन हुन सकेन, यस्तो पाराले के देश बन्ला त ?

नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !