एउटा होनहार नेपाली युवाको दर्दनाक पिडा Nepalpatraएउटा होनहार नेपाली युवाको दर्दनाक पिडा
३० श्रावण २०७९, सोमबार

एउटा होनहार नेपाली युवाको दर्दनाक पिडा


नेपाली युवा

विद्यालय जीवनमा परेको पिडा यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ । घटना लामो हो – यहाँ विद्यालयको नाम र व्यक्तिको नाम काल्पनिक राखिएको छ । एउटा बच्चा जसको उमेर १३,१४ बर्षको छ । उसलाई विद्यालय प्रशासनले अन्य विद्यालयमा समेत पढ्न नपाउने गरी निष्काशन गर्छ । त्यो विद्यालयको नाम बैकुण्ठ माध्यामिक विद्यालय हो । जहाँ ती कक्षा ७ मा पढ्ने छात्र राम सुन्दर लगायतका ५ जनालाई विद्यालय प्रशासनले निष्काशन गरेको रहेछ ।

उनले गरेको अपराध विद्यालय चुइने हुनाले समयमा छाइयोस्, विद्यालय परिसरमा गाई भैसी चराउदा होहल्ला बढी हुनाले यो रोकियोस्, विद्यालयमा खाने पानी नहुनाले स्वच्छ खानेपानीको व्यवस्था होस्, शिक्षक हिन्दी बोल्ने नभई नेपाली शिक्षक राखियोस् भन्ने माग राखेर हट्ताल गर्दा विद्यालय प्रशासनले करिब ३ विद्यार्थीलाई विद्यालयबाट निष्काशन गरिएको थियो ।

निष्काशित हुने विद्यार्थी अन्य विद्यालयमा समेत पढ्नबाट रोक लगाइएको थियो । हामीले साना-साना गल्तीहरुलाई यो उपयुक्त हो वा होइन भन्ने जानकारी विना निष्काशन गर्छौं भने ती बच्चाको भविष्य के हुन सक्छ ? यस्ता घटना हामीले पहिले भोग्नु परेको थियो । अहिले समय परिवर्तन भइसकेको भएपनि यस्ता घटनाले हुनसक्ने मानसिक तनावले उसको जीवनमा कस्तो असर हुन सक्छ यो बुझ्न जरुरी छ ।

आज हाम्रो देशका होनाहार युवाहरु विदेश लाग्न बाध्य छन् । एउटा पढ्न चाहने युवाको गल्ती के थियो जसले देखेको र भोगेको कुरालाई उसले जे देखे त्यहि भन्दा उ विद्यालयबाटै निष्काशन हुनु पर्यो ठिक आजका युवाहरु देशमा स्रोत र साधन हुँदा-हुँदै भएका विकासका संरचनालाई प्रतिसोधमा समाप्त पार्दै कौडीको भाउमा बेचेर युवालाई बेरोजगार बनाउन लागेका स्वार्थमा चुर्लुम्म डुबेका गफ गर्न र धम्कीको राजनैतिक गर्नेहरुका कारण देशका युवा आफ्नो देशमा काम गर्ने ठाउको अभावमा विदेश लाग्न बाध्य पारिएको देख्दा दु:ख लागेर आउछ ।

हिजो देशमा भएका उद्योग आज समाप्त पारिएको छ । नयाँ उद्योगतर्फ कसैको चासो छैन । नत यता हेर्न जनता नै छन् यदि छन् भने सवै कमिसनमा मौकामा चौका हान्नेहरूको हालीमुहाली देखिन्छ । गाउँ-गाउँमा फटाहाको बिगबिगी छ यहाँ । बन्ने काम विगार्ने जमातको हालीमुहाली छ । जुन ठाउँमा विकास हुनुपर्छ त्यो ठाउँमा विकास हुन सकिरहेको छैन तर जहाँ विकास भइरहेको छ त्याहाँ बजेट पारेको देखिन्छ ।

एउटा नेपालीले अर्को नेपालीलाई मारेर सहिद घोषणा गर्नेहरूलाई म के भनौं यहाँ भन्ने र बोल्ने सब्द नै देखिदैन । विदेशीसंग लडेर सहिद हुनुलाई सहिद मान्नुपर्छ तर यहाँ यस्ता कुरा नबुझ्ने जमातले नै देश समाप्त पारेको र युवालाई बेरोजगार बनाएको देखिन्छ । यहाँ एउटा अर्को रोचक कुरा नेपाली बेरोजगार छन् तर नेपालीले काम नपाएर विदेशीले काम पाएको सुन्दा अचम्म लागेको छ ।

एउटा डाक्टर पढ्दा करिब ४५-५० लाख एमबिबिएस गर्न लाग्छ भने एमडी गर्दा करिब ५० लाख जति लाख्छ । एक करोडको हाराहारीमा खर्च गर्ने एउटा डाक्टर कम तलवका कारण विदेश लाग्न बाध्य भएको मलाई लागेको छ । समय परिवर्तन भइसकेको छ । कमाउन चाहने सवै छन् यस्तो अवस्थामा सरकाले उनीहरूको मर्म बुझेर काम गर्नुपर्ने हो यो बुझ्ने गरेको पाइदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !