एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो : सभापति देउवा
काठमाडौँ, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ