११ बैशाख २०८१, मंगलबार

केन्द्रीय समितिको बैठक भोलि नै राख्न आग्रह गर्दै थापाले दिए देउवालाई यस्तो चेतावनी !


gagan

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पुर्व मन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समितिको बैठक राख्न आग्रह गरेका छन् । परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि केन्द्रीय समितिको बैठक चाहिएको भन्दै भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गर्न आग्रह गरेका छन् ।

नेता थापाले लेखेका छन्, ” परिवर्तित नक्सालाई संविधानको अंग बनाउन प्रस्तुत संसोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। भोलि नै वैठक बोलाई यो औपचारिकता पूरा गरौं र ‘फास्ट ट्रयाक’बाट संविधान संसोधन पारित गरौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !