१३ बैशाख २०८१, बिहिबार

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको भन्दै देउवाले मागे प्रधानमन्त्रीको राजीनामा


बैशाख २६, काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा ठीक हुने सुझाव दिएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै देउवाले सबैपक्ष कोरोना विरुद्धको लडाईमा एक भएर लागेको बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको दावी गरेका छन् ।

देउवाले सांसदको अपहरण प्रकरणमा नै न कुनै रुपले सरकारको संलग्नता देखिएके आरोप लगाउँदै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न मागसमेत गरे ।

देउवाले भने, “एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध हुन अनुरोध गर्दछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !