१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वप्रधानमन्त्री

संसदमा बाबुरामले भने- कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँ

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताए ।