५ भदौ २०८३, शुक्रबार

जिवित सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको छ : अख्तियार प्रमुख राई


प्रेमकुमार राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सबै पूर्वप्रधानमन्त्रीहरुविरुद्ध उजुरी परेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै अख्तियारका प्रमुख आयुक्त राईले पूर्वप्रधानमन्त्रीहरुकाविरुद्ध उजुरी परेको जानकारी गराएका हुन् ।

सांसदले सोधेको प्रश्नको उत्तरमा अख्तियार प्रमुख राईले जिवित रहेका सबै पूर्वप्रधानमन्त्रीविरुद्ध उजुरी आएको बताए । उनले यस विषयमा धेरै खुलाउन नमिल्ने बताए ।

अख्तियारले पूर्वप्रधानमन्त्रीहरूविरुद्ध परेको उजुरीको विषयवस्तु सार्वजनिक गरेको छैन। प्रमुख आयुक्त राईले उजुरीको अध्ययन भइरहेको र यसबारे थप विवरण दिन नमिल्ने स्पष्ट पारेका छन् । आयोगले उजुरीमाथि अध्ययन तथा छानबिनका क्रममा आवश्यक देखिएमा कानुनबमोजिम प्रक्रिया अघि बढाउनेछ ।

अहिले सात जना पूर्वप्रधानमन्त्री र एक जना मन्त्रिपरिषद्का अध्यक्ष जिवित रहेका छन् । जसमा सुशीला कार्की, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !