कांग्रेसबाट काठमाडौंको मेयरमा पाँच जनाको नाम सिफारिस
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । महानगर कार्यसमितिको बैठकले मेयर पदका लागि नीलकाजी शाक्य र सुशन वैद्यसहित हरिप्रभा खड्गी, सिर्जना सिंह र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।