१४ बैशाख २०८१, शुक्रबार

आइसिसीले ‘नेपाल क्रिक्रेट संघ’ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गर्यो


ICC-CAN

१७ असार २०७३:- अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् (आइसिसी)ले नेपाल क्रिक्रेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ।स्कटल्याण्डको राजधानी इडनवर्गमा सम्पन्न आइसिसीको वार्षिक साधरणसभाले क्यानलाई निलम्बन गर्ने निर्णयको अनुमोदन गरेको हो।

नेपाल क्रिकेट एशोसिएसन आन्तरिक विवादमा फसेपछि आईसीसीले गत अप्रिलमा निलम्बन गरेको थियो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइसिसीले नेपालमा आफ्नो प्रतिनिधि टोली पठाउने भएको छ। उक्त टोलीले सरकार र निलम्बित क्यानसँग छलफल गर्ने छ। आइसिसीले निलम्बन अनुमोदन गरेसँगै क्यानको निलम्बन लम्बिने भएको छ।

स्कटल्याण्डको एडिनबरामा सम्पन्न साधारणसभाले नेपालसँगै अमेरिकाको क्रिकेट संघलाई निलम्बन गर्ने बोर्डको निर्णय अनुमोदन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !