१९ बैशाख २०८१, बुधबार

एन्फा उपाध्यक्ष दावा लामा छुटे


दावा लामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । लागू औषध खैरो हिरोइनको मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका एन्फा उपाध्यक्ष लामा आज छुटेका हुन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपाध्यक्ष लामालाई बुधबार पक्राउ गरेको थियो । उनले सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् । लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेपछि पुनरावेदनको विषयलाई लिएर अदालतले छाडेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटन हालको उच्च अदालत पाटनले २०६४ साल जेठ २० गते फैसला सुनाउँदै लामाले लागु औषधको कारोबार गरेको ठहर गरी उनलाई ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !