२० बैशाख २०८१, बिहिबार

फाइनलका लागि सेमिफाइनलमा आज नेपाल र यूएईवीच प्रतिस्पर्धा हुँदै


नेपाली क्रिकेट टीम

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ । ओमानमा जारी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज शुक्रबार प्रतिद्वन्द्वीयूएईसँग खेल्न लागेको हो ।

नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबिच खेलिने छ ।

सेमिफाइनलमा विजयी हुने दुई टोलीवीच आइतबार फाइनल खेल हुने छ । त्यसअघि सेमिफाइनलमा पराजित हुने दुई टोलीवीच शनिबार तेस्रो स्थानका लागि खेल हुनेछ ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !