१५ बैशाख २०८१, शनिबार

बेल्जियम पहिलो पटक विश्वकपको तेश्रो स्थान हात पार्न सफल


belgium_third

३१ असार, काठमाडाैं । विश्वकप फुटबलमा रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न खेलमा इंग्ल्याण्डलाई २-० ले पराजित गर्दै बेल्जियम पहिलो पटक विश्वकपको तेश्रो स्थान हात पारेको छ ।

यसअघी सन् १९८६ को विश्वकपमा फाइनलमा स्थान बनाउनबाट चुकेको बेल्जियमले तेश्रो स्थानकालागि भएको खेलमा समेत फ्रान्ससँग ४-२ ले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो । तर यसपटकको विश्वकपमा फाइनलमा स्थान बनाउन चुकेपनि बेल्जियमले इतिहास भने रचेको छ ।

पहिलो हाफको चौथौ मिनेटमानै थोमस म्युनियरको गोल मार्फत अग्रता बनाएको बेल्जियमले इंग्ल्याण्ड विरुद्ध सुरुवातदेखीनै उत्कृष्ट प्रदर्शन गर्दै दबाबमा राख्न सफल भएको थियो । केभिन डि व्रोयनाको पासमा कप्तान इडेन हाजार्डले मध्य डिबक्सबाट प्रहार गरेको बल गोल हुन पुग्दा खेलमा फर्कन संघर्षरत इंग्ल्याण्डको तेश्रो स्थान हात पार्ने सपना लगभग समाप्त भएको थियो ।

यसअघी खेलको १२ औं मिनेटमा केभिन डी व्रोयनाले १२ यार्ड टाढाबाट प्रहार गरेको बल इंग्ल्याण्डका गोलरक्षक पिकफोर्डले एक हातले बचाउँदा पहिलो हाफमै अग्रता दोब्बर पार्ने अवसर बेल्जियमले गुमाएको थियो । पहिलो हाफमा अधिकांश समय बल आफ्नो पक्षमा राख्दै गोलका लागि थुप्रै अवसरहरु सिर्जना गरेको बेल्जियमले दोश्रो गोल भने गर्न असफल रह्यो ।

विश्वकपको उपाधीकालागि भने आज खेल हँदैछ । नेपाली समयअनुसार पौने ९ बजे हुने खेलमा फ्रान्स र क्रोएसियाबीच प्रतिष्पर्धा हुँनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !