२५ बैशाख २०८१, मंगलबार

गुल्सनले भारतविरुद्ध नेपाललाई दिलाए पहिलो सफलता


गुल्सन झा

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका तीव्र गतिका बलर गुल्सन झाले पहिलो विकेट लिएका छन् ।

आज शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतविरुद्ध झाले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

झाले ४.५ ओभरमा विकेटकिपर उत्तम मगरबाट ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए । जारी खेलको ८.२ ओभर समाप्त हुँदा भारतले एक विकेट गुमाएर ३५ रन बनाएको छ ।

ओपनर अर्शिन कुलकर्णी ५ र प्रियान्शु मोलिया क्रिजमा छन् । जारी विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !