२६ बैशाख २०८१, बुधबार

आगामी वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउँछु : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्षदेखि खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज मंगलबार ललितपुरको १० हजार दर्शक क्षमताको च्यासल रंगशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आउँदो वर्षदेखि खेलकुदमा गुणात्मक रुपमा बजेट बढाउने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास गर्ने बताए ।

प्रचण्डले सरकारको तर्फबाट सबै प्रदेश र पालिकाहरुमा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !