२० बैशाख २०८१, बिहिबार

क्रिकेट टोलीका प्रशिक्षक प्रभाकरले दिएको राजीनामा क्यानद्वारा स्वीकृत


मनोज प्रभाकर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय नागरिक मुख्य प्रशिक्षक प्रभाकरले आज बिहीबारदेखि नै लागु हुने दिएको राजीनामा स्वीकृत भएको जनाएको हो ।

तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गर्दै एक वर्षको सम्झौता गरेको थियो । राजीनामा दिएर प्रभाकर भने यसअघि नै भारत पुगिसकेका छन् ।

प्रभाकरले पद छाडेको कारणबारे केही खुलाइएको छैन । यद्यपि पछिल्लो समय नेपाली क्रिकेट टोलीको खराब प्रदर्शनका कारण क्यानका पदाधिकारी र खेलाडीसँग पनि उनको सम्बन्ध बिग्रिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !