१४ बैशाख २०८१, शुक्रबार

यु-१९ विश्वकप: भारत-पाकिस्तान सेमिफाइनलमा भिड्ने


PLAYER

एजेन्सी, १२ माघ । उमेर समूहको सर्वाधिक ठूलो प्रतियोगिताका रुपमा रहेको यु-१९ एकदिवसीय विश्वकप क्रिकेटमा चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तान सेमिफाइनलमा नै एकअर्काविरुद्ध भिड्ने पक्का भएको छ । बंगलादेशलाई १ सय ३१ रनले पराजित गरेपछि भारतले यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनायो ।

यसअघिनै पाकिस्तान दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । भारत र पाकिस्तान वीचको सेमिफाइनल खेल आगामी सोमबार हुँदेछ । पहिलो सेमिफाइनलमा आइतबार पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको अफगानिस्तान र अस्ट्रेलियाबीच हुनेछ ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर २ सय ६५ रन बनाए थियो । जवाफमा १६ रन जोड्दा पहिलो विकेट गुमाएको भारतले पृथ्वी शा र शुवमन गिलले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै भारतलाई समाले । शा-४० तथा गिल ८६ रन बनाएर आउट भए । २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले सुरुवात राम्रो गर्न सकेन। २३ रन जोड्दा पहिलो विकेट गुमाएको बंगलादेश ४२.१ ओभरमा १ सय ३४ रन जोड्दै अलआउट हुन पुग्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !