१९ बैशाख २०८१, बुधबार

राखेपले खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया पर्सि मंगलवार कार्यक्रम गर्ने


राष्ट्रिय खेलकूद परिषद्

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंगलवार खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग उक्त अन्तर्क्रिया गर्ने राखेपले आज एक सूचना जारी गर्दै जानकारी गराएको छ । प्रधानमन्त्री ओलीले नेपाली खेलकुदका बारेमा जानकारी लिनुहुने छ भने उनले आवश्यक निर्देशन दिने राखेपले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको विकास र विस्तार तथा समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा ओलम्पियन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, विभिन्न खेलका प्रशिक्षक, विभिन्न सङ्घ संस्थाका पदाधिकारी, कर्मचारीलगायतको उपस्थिति रहनेछ ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री दावाङ र सदस्य सचिव रमेशकुमार सिलवालले नेपालको खेलकुदको अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेछन् । खेलकुदसँग प्रधानमन्त्री कार्यक्रममा खेलाडीले सोझै प्रधानमन्त्रीसँग अन्तरक्रिया गर्न पाउने राखेपले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !