८ जेष्ठ २०८१, मंगलबार

नेपालले आज वेस्टइन्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै


नेपाली क्रिकेट टीम

काठमाडौँ । टी-२० शृंखलाअन्तर्गत नेपालले आज वेस्टइन्डिज ‘ए’ सँग दोस्रो खेल खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:१५ बजेबाट सुरु हुनेछ ।

पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले हिजो वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको थियो । हिजाे शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले पराजित गरेको थियो ।

वेस्टइन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्टइन्डिज ‘ए’लाई पराजित गरेको थियो । वेस्ट इन्डिजले प्रस्तुत गरेको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेस्टइन्डिजसँग शृंखला खेलिरहेको हो । उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी-२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ ।

नेपालले वेस्टइन्डिज ‘ए’विरुद्ध आज आइतबार दोस्रो खेल खेल्न लागेको हो । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल आउँदो शनिबार हुने तय छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !