२५ बैशाख २०८१, मंगलबार

धरानमा शुरु हुँदै सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता  


गल्फ प्रतियोगिता

१२ पुस, धरान । धरानमा सर्वाधिक पुरस्कार राशीको चारदिने सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता आजवाट सुरु हुँदैछ। सूर्य नेपालको चौथो ठुलो प्रतियोगिता धरानको निर्वाणा कन्ट्री क्लव गल्फ मैदानमा आयोजना हो ।

५४ होलमा खेलाइने उक्त प्रतियोगिताको पुरस्कार राशीको ६ लाख ३० हजार रहेको छ । ३० जना प्रो र ३१ जना एम्मेच्योर गल्फरको सहभागिता रहेको प्रतियोगिताको उपाधी विजेताले १ लाख १५ हजार , उपविजेताले ७४ हजार र तेस्रो हुनेले ५३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम २१औँ स्थानसम्मकाले नगद पुरस्कार पाउनेछ । अन्तिम २१ औँ स्थानको गल्फरले नगद १२ हजार रुपैयाँ प्राप्त गर्ने छन् । टुर्नामेन्टमा पुर्व विजेताहरु शिवराम श्रेष्ठ, रवि खड्का, दीपक थापा मगर, उमेश नगरकोटी, सविन सापकोटा लगायतको सहभागिता रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !