१४ बैशाख २०८१, शुक्रबार

विराटनगर वारियर्स इपीएलको प्लेअफमा, बबर हायतको नयाँ रेकर्ड


एभरेष्ट प्रिमियर लिग

७ पुस, काठमाडौं l चितवन टाइगर्सलाई ७३ रनले पराजित गर्दै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको विष्फोटक ब्याटिङको मद्दतमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका लागि बाबर हायतले ४५ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै अंशुमन रथले ४१, आसिफ शेखले २१ तथा कप्तान पारस खड्काले १६ रन जोडे।

१७५ रनको उच्च स्कोर पछ्याउँदै ब्याटिङ गरेको चितवनले निरन्तर विकेट गुमाउँदा १८.२ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो।चितवनका लागि भिम शार्कीले सर्वाधिक २४ रन बनाए भने सन्दिप सुनारले १६, कमलसिंह ऐरीले १३ तथा सावेज खानले १२ रन जोडे।
चितवनका प्रविन गुप्ताले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएपछि एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी बने। यस्तै प्रमेश कुमारले २ विकेट लिए।चितवनका प्रविन गुप्ताले प्रतियोगिताकै पहिलो ह्याट्रिक लिएको खेलमा चितवनले भने लगातार तेस्रो हार बेहोर्योच। तीन हारपछि चितवनको प्लेअफ सम्भावना भने कठिन बनेको छ।

बबर हायतको नयाँ रेकर्ड
इपिएलको अहिलेसम्मको खेलमा विराटनगर वारियर्सका बबर हायतले रेकर्ड तोडेका छन्। उनले सबैभन्दा छिटो अर्धसतक पुरा गरेर रेकर्ड बनाएका हुन्। उनले २५ बलमा ५ चौका र ६ वटा छक्का हान्दै अर्धसतक पुरा गरेर ८१ रनमा आउट भएका थिए। दिपेन्द्र सिंह ऐरीले हायतसँगको साझेदारीमा ३० रन जोड्न सफल भए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !