२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्री ओलीले भारतको स्वतन्त्रता दिवसमा दिए शुभकामना


केपी ओली र नरेन्द्र मोदी

काठमाडौँ, साउन ३१ । नेपाल र भारत सरकारको सम्वन्धमा खटपट आएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र भारतको स्वतन्त्रता दिवसमा शुभकामना सन्देश दिदै आफ्नो कर्तव्य र औपचारिकता पुरा गरेका छन् ।

भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत एक सन्देश पठाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् ।

बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भारत र भारतीय जनताको निरन्तर प्रगति र सम्मृद्धिको कामना गरेका छन् । भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !