१५ बैशाख २०८१, शनिबार

मोटरसाइकल वा स्कुटरमा १ जना मात्र चढ्न पाइने


मोटरसाइकल र स्कुटर

२९ जेठ, काठमाडौँ । नेपाल सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल र स्कुटर चलाउन दिने भएको छ । तर मोटरसाइकल वा स्कुटरमा १ जना भन्दा बढी चढ्न नपाइने नेपाल सरकारका प्रवक्ता तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालयमा बिहिबार हुने नियमित पत्रकार ब्रिफिंग गर्दै सो जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले जोर-बिजोर प्रणालीमा निजी सवारी चलाउने निर्णय गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार निजी सवारी चलाउँदा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । यसरी गाडी चलाउँदा चालक बाहेक गाडीमा २ जना राख्नुपर्ने छ भने मोटरसाइकलमा १ जनामात्र हिँड्न पाइनेछ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकल वा स्कुटरमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल, मोटरसाइकल र स्कुटर चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । त्यस्तै सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ । यो व्यवस्था आज बिहीबारदेखि नै लागू हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !