२४ बैशाख २०८१, सोमबार

सिरहामा एक युवकले गाउँपालिकाले सूचना नदिएको भन्दै गरे पत्रकार सम्मेलन


सिरहामा एक युवकले गाउँपालिकाले सूचना नदिएको भन्दै गरे पत्रकार सम्मेलन
 महेश सिंह
महेश सिंह

लहान २३, जेठ । सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकामा भएका र भईरहेको कामहरुको योजनाहरु पारदर्शी नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार पत्रकार सम्मेलन गरेका छन् । आ.ब. २०७५/०७६ र २०७६/०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको पारदर्शी नगरेको सो गाउँपालिका वडा नम्बर-२ बस्ने बलराम यादबको आरोप रहेको छ ।

गाउँपालिका र पुर्वाधार विकास कार्यालय सिरहाबाट २०७५/०७६ मा संचालित योजनाहरु : गाउँपालिका र तिनकोनी चौकमा भएको सडक कालोपत्रेमा भएको खर्च, सुर्य नारायण यादबको पोखरी रिटेनीङ्ग वालमा भएको खर्च, तिनकोनी चौकमा बनाईएको सार्बजनिक शौचालयमा भएको खर्च लगायतका कामहरुमा लागत अनुमान आजसम्म गाउँपालिकाले सार्वजनिक नगरेको उनको आरोप रहेको छ ।

गाउँपालिकाले बिकास निर्माणको कुनै पनि काम गर्दा सार्बजनिक सुचना बोर्ड नराख्ने गरेको भन्दै उपभोक्ता समिति र ठेकेदार मार्फत भएका बिभिन्न योजनाको काम काजहरु गाउँपालिकाको मिलोमत्तोमा भईरहेको उनले बताए ।

उनले भने, “मैले खर्च बिबरणको सुचना माग गर्न गाउँपालिका पुगेको थिए, तर मलाई गाउँपालिका अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतले सुचना तँलाई किन दिने भनेर तँ सुचना माग्ने को होस भन्नेर पठाईदिए, तँ फुच्चेले के गर्न सक्छस भनेर गाउँपालिका अध्यक्ष केदार यादबले मलाई हप्काएर मलाई पठाई दिए ।’’

सुचनाको हक सम्बन्धी नेपालको संबिधान २०७२ को भाग-३ को धारा २७ र मुलुकी देबानी कार्यबिधि संहिता अनुसार सुचना माग गर्न जाँदा पनि गाउँपालिकाले निबेदन दर्ता पनि नगरेको उनले बताए । उनले भने त्यसपछी मैले पुर्वाधार विकास कार्यालय सिरहामा मिति २०७६।०७।०८ गते गते निबेदन दर्ता गराए ।

पत्रकार सम्मेलनमा यादबले भने साथी उतिमलाल यादब र म सुचना माग गर्न राष्ट्रिय सुचना आयोग बानेश्वरदेखि, उच्च आदालत जनकपुर राजबिराजसम्म पुगे । आदालतबाट हामी सुचना पाउन मुद्दा पनि जितेको छु, गाउँपालिकामा आदालतबाट सुचना दिन आदेश आईसकेको छ, तर गाउँपालिकाले सुचना दिन हालसम्म कुनै बास्ता नगरेको उनको आरोप रहेको छ ।’ गाउँपालिकामा भईरहेको भ्रष्टाचारी रोक्न म नेपाली नागरिकको हैसियतले सुचना मागेको थिए गाउँपालिकाले आदालतबाट भएको फैसलाको पनि बेबास्ता गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !