२२ बैशाख २०८१, शनिबार

ज्ञानेन्द्र शाही सर्वोच्चको आदेशपछि रिहा भए


ज्ञानेन्द्र शाही

१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललितपुरकाे सुनाकोठीबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ ।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएकोले रिहा गन माग गर्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए । उक्त बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । शाहीलाई गएको वैशाख ९ मंगलबार राती प्रहरीले पक्राउ गरी जावालाखेल प्रहरी परिसरतर्फ राखेको थियो ।

लकडाउन उल्लंघन गरेर राहत बाँडेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । शाहीले सामाजिक संजाल आफ्नो फेसबुकमार्फत भिडियो शेयर गरेर सो कुराको जानकारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

ज्ञानेन्द्र शाही ललितपुरको सुनाकोठीबाट पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !