८ जेष्ठ २०८१, मंगलबार

ज्ञानेन्द्र शाही ललितपुरको सुनाकोठीबाट पक्राउ


ज्ञानेन्द्र शाही

काठमाडौँ, वैशाख ९ । ज्ञानेन्द्र शाहीलाई आज मंगलबार प्रहरीले ललितपुरकाे सुनाकोठीबाट पक्राउ गरेको छ । शाहीले सामाजिक संजाल आफ्नो फेसबुकमार्फत भिडियो शेयर गरेर सो कुराको जानकारी दिएका छन् ।

उनले आफु जावालाखेल प्रहरी परिसरतर्फ जादै भएर पनि लेखेका छन् । उनले उक्त भिडियोमा हामीले राहत बाँड्नु अपराध गरेछौ भएर गुनासो पनि पोखेका छन् । उनलाई प्रहरीले किन पक्राउ गर्यो भएर कारण खुलाएको पनि छैन ।

लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !