के कलियुग शुरू भएर अन्त्य हुने अवस्थामा त छैन ? मानिसको शत्रु भनेको प्रकृति होइन मानिस नै हो । मानिसले पैसा कमाउन मानिसको नै हत्या गर्दैछ । कोहि प्लाष्टिकको चामल बनाएर त कोही प्लाष्टिकको अण्डा बनाएर कोही तरकारीमा बिषादी मिलाएर होस् या जैविक हतियार बनाएर होस् ।
चाहे जे होस् मानिस ले मानिसलाई लुट्दैछन् । यहाँ गुनासो सुन्ने नत कानुन छ नत सुरक्षा दिने निकाय छ । सबैलाई पैसा कमाउनको होड छ । यहाँ धर्मलाई बेचिसके पैसा भन्दा ठूलो धर्म होइन भन्ने मानसिकतामा सवै डुब्दै गएका छन् । आज के गलत के सहि यसको सवै समान हुदैछ ।
मैले देवीभावत पढेको थिए त्यसमा लेखेको रहेछ । कलियुगमा मान्छेले मान्छेको मुल्याङ्कन गर्ने छैनन् । धर्म पतन गर्नेछन् । धर्म संस्कृतिको डर कसैलाई हुने छैन । नयाँ-नयाँ रोग बनाएर पैसा कमाउने योजना गर्नेछन् । सरकारमा जानेहरू भ्रष्टाचारमा डुब्ने छन् ।
यहाँ राम्रोको भन्दा नराम्राको बोलवाला हुनेछ । भाइले बहिनीको बलात्कार गर्नेछन् बाबुले छोरीको गर्नेछन् । गुरू परम्परा समाप्त हुनेछ । माता पितालाई जति सक्दो चाँडो आफ्नो नजरबाट टाडा राख्नेछन् । खुशी केवल आफ्नो मात्र हेर्नेछन् । मान्छे मर्ने-मार्ने सिलसिला चल्दै जानेछ ।
मानवले पापको हद पार गर्नेछन् । मनमा पाप लिएकाहरूले पछिबाट छुरा घोप्नेछन् । पैसामा माता पितालाई समेत पिडा दिन पछि पर्ने छैनन् । गुरूलाई केहि सरि मान्ने छैनन् । धर्मलाई अफिम मान्नेछन् । ठूलालाई सानाले गन्ने छैनन् । एकले अर्काको भण्डाफोर गर्नेछन् ।
हरेक वस्तुमा मिसावट हुनेछ । स्वास्थ्यमा खेलवाड हुदैजानेछ । मतदान पैसामा बिक्नेछ । गलतलाई ढाकछोप गर्ने परम्परा सुरू हुनेछ । अन्तमा प्रकृतिलाई समेत मानवजातीले आफ्नो मुठ्ठिमा राख्ने छन् यसरी नै पृथ्वी धस्त हुनेछ ।
प्रकृतिको प्रकोप शुरू हुदैछ । राम्रा मान्छे मर्दैछन् । चाहे भुकम्प आएर होस् या सुनामी, आँधी आएर होस् या एकले अर्कालाई मारेर किन नहोस् यो सवै कलियुगको प्रभाव हो । अब हामीले पुन: धर्म संस्कृति मान्नुपर्छ पुजापाठ गर्नुपर्ने समय आएको छ । यो सवै धर्म संस्कृति नमान्नुको प्रतिफल हो भन्दा खासै फरक छैन । ॐ शान्ति !
यो पनि पढ्नुहोस्
हिन्दू धर्म संस्कृतिका राम्रा पक्षहरु
महा मृत्युंजय मन्त्रद्वारा लिन सकिन्छ शीघ्र स्वास्थ्य लाभ
धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो
हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं
मन्त्र र तन्त्रमा के शक्ति छ ? मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन
नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।