१३ बैशाख २०८१, बिहिबार

मन्त्र र तन्त्रमा के शक्ति छ ? मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन


मन्त्र र तन्त्र
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मन्त्र र तन्त्रमा के शक्ति छ ? मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन  ! हाम्रा पाठकलाई धेरै पहिलेदेखि मन्त्र र तन्त्रको बारेमा प्रकाश पारी सकेको छु । पूर्वीय सभ्यतामा मन्त्र र तन्त्रको महत्व कति छ भन्ने बुझ्न यही भनाई पर्याप्त हुनसक्छ । उचित तरिकाले प्रयोग गर्न जाने हरेक अक्षर मन्त्र हुन्छ र हरेक तन्त्र बुटि हुन पुग्छ तर के हामी सबै यो कुरासँग सहमत हुन सकौंला त ?

कतिपयले मन्त्र र तन्त्रलाई अन्धविश्वाससँग जोड्ने गरेका छन् भने कतिपयले मन्त्र र तन्त्रशक्तिमाथि विश्वास राखे पनि उनीहरू यसको वैज्ञानिक पक्षसँग अनविज्ञ छन् । हामीमध्ये कमैले मात्र स्वास्थ्य र मन्त्रको वैज्ञानिक सम्बन्ध बुझ्ने प्रयास गरेका छौं । जब कि स्वास्थ्य र मन्त्र र तन्त्रको वैज्ञानिक सम्बन्धसँग परिचित हुन सके पहिलेभन्दा राम्रो जीवन बिताउन सकिने देखिन्छ ।

मेरो बुबाले कासको थालमा मन्त्र फुकेर सर्पले टोकेको व्यक्तिको पिठिउमा छुवाउदा चिप्कने गरेको मैले देखेर हेर्दा सत्य पाएको थिए । मैले केही सर्पले टोकेका व्यक्तिहरू यस्तो प्रयोग कासको थालमा मन्त्र पढेर चिप्काएको थिए आश्चर्य थाल चिपकिएको थियो र पछि ठिक भएको थियो ।

अर्को रोचक घटना यो धेरैलाई सेयर गरेको थिए । साना-साना दुधे बच्चाले उल्टि गर्छ भने सानो कासको थाल वा कटोरा बच्चाको कान नजिक लगेर सानो स्वरमा बजाइदिनुस उल्टि रोकिन्छ । कुनै पनि औषधिको आवश्यक पर्दैन । कति सजिलो औषधि न खानु पर्ने झण्झट न पैसा नै खर्च हुने डर ।

मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन ?

मानिसहरूमा के भ्रम छ भने मन्त्र र तन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रष्ट भईसकेको छ भने मन्त्र र तन्त्रको सम्बन्ध विज्ञानसँग छ । तसर्थ हरेक धर्म एवं समुदायका मानिसले यसको प्रयोग गरी स्वास्थ्य लाभ गर्न सक्छन् गरिरहेका पनि छन् भन्दा खासै फरक छैन ।

मानिसहरूमा के भ्रम छ भने मन्त्र र तन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रष्ट भईसकेको छ भने मन्त्र र तन्त्रको सम्बन्ध विज्ञानसँग छ ।

मन्त्रको अर्थ हेर्दा के स्पष्ट हुन्छ भने मन को अर्थ मस्तिष्क हो र तन्त्र को अर्थ तरंग वा कम्पन हो । मन्त्रोच्चारण गर्दा त्यसबाट हुने कम्पनले हाम्रो मस्तिष्कलाई प्रभावित तुल्याउनुका साथै उक्त समयको लयले शरीरका विभिन्न ग्रन्थिहरूमा समेत प्रभाव पार्छ, जसको सिधा असर स्वास्थ्यमा पर्छ ।

मन्त्रको अर्थ हेर्दा के स्पष्ट हुन्छ भने मन को अर्थ मस्तिष्क हो र तन्त्र को अर्थ तरंग वा कम्पन हो । मन्त्रोच्चारण गर्दा त्यसबाट हुने कम्पनले हाम्रो मस्तिष्कलाई प्रभावित तुल्याउनुका साथै उक्त समयको लयले शरीरका विभिन्न ग्रन्थिहरूमा समेत प्रभाव पार्छ, जसको सिधा असर स्वास्थ्यमा पर्छ ।

मन्त्र जपको समयमा मानव शरीर ध्यानको अवस्थामा पुग्छ र मस्तिष्क अल्फा स्टेटमा पुग्छ । फलतः स्नायु प्रणाली सन्तुलित हुने भएकाले भएर तनावरहित बन्न सकिन्छ । मन्त्रको नियमित जपबाट रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ किनभने यसको प्रभाव हाम्रो मस्तिष्क तथा स्नायु प्रणालीमा पर्छ जसबाट शरीरका हार्मोनहरू प्रभावित हुन्छन् ।

मन्त्रको सकारात्मक प्रभावका कारण सेराटोनिन एवं डोपामाइन जस्ता खुसी पार्ने (ह्याप्पी) हार्मोनहरू निस्कन्छन् र मस्तिष्क आनन्दको अवस्थामा पुग्छ । यति मात्र नभई हाम्रा मुड, भोक तथा निद्रासम्म जोडिएका मस्तिष्क केन्द्रहरू प्रभावित हुन्छन् र हार्मोनका तह सन्तुलित बन्नपुग्छन् जसबाट रोग प्रतिरोधात्मक क्षमता सबल हुन्छ ।

मन्त्रको सकारात्मक प्रभावका कारण सेराटोनिन एवं डोपामाइन जस्ता खुसी पार्ने (ह्याप्पी) हार्मोनहरू निस्कन्छन् र मस्तिष्क आनन्दको अवस्थामा पुग्छ । यति मात्र नभई हाम्रा मुड, भोक तथा निद्रासम्म जोडिएका मस्तिष्क केन्द्रहरू प्रभावित हुन्छन् र हार्मोनका तह सन्तुलित बन्नपुग्छन् जसबाट रोग प्रतिरोधात्मक क्षमता सबल हुन्छ ।

आज अन्धविश्वास भन्दै गर्दा कतिपयले यसका फाइदा लिन नसक्दा यो पनि लोपोन्मुख हुने अवस्थामा पुग्न थालेको छ । कुनै पनि काममा वैज्ञानिक आधार समावेश भएको हुन्छ । हरेक बस्तुलाई धर्म संस्कृतिमा गास्नु गलत छ । चीन, भारत जस्ता अन्य देशले यसको प्रयोग गरेर राम्रो फाइदा लिइरहेका छन् । ॐ !

मन्त्र र तन्त्रलाई वैज्ञानिक मान्यता पाइसकेको छ । यसलाई गलत भन्नु भन्दा यसलाई प्रयोग गरेर स्वास्थ्य लाभ लिनुस भन्नेमा हाम्रो सम्पूर्णमा आग्रह छ । मन्त्र र तन्त्रमा अपार शक्ति छ । यसलाई पनि वैज्ञानिकले प्रमाणित गरिसकेको छ । मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास भने कदापी होइन ।

मन्त्र र तन्त्रमा अपार शक्ति छ । यसलाई पनि वैज्ञानिकले प्रमाणित गरिसकेको छ । मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास भने कदापी होइन ।

यो पनि पढनुहोस्

के भगवान छन् त ?

ॐ को अर्थ र मानव स्वास्थ्यमा यसको प्रयोग

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु