६ बैशाख २०८१, बिहिबार

हिन्दू धर्म संस्कृतिका राम्रा पक्षहरु


नमस्कार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हिन्दू धर्मका प्रमुख विषेशता हात जोडेर नमस्कार भन्नु, हात धोएर खाने तरिकाको विकास गर्नु, ॐ नमो शिवाय जस्ता महत्वपूर्ण काम हिन्दू संस्कृतिमा लागु गरेको देखिएको छ । हिन्दू धर्मले प्रकृतिलाई साथ दिएको छ ।

जहाँ प्राकृतिक विपरीत काम भएको छ त्यहाँ विनास भएको छ । हात मिलाउदा हात फोहर भएको हुन सक्छ । अंकमाल गर्दा स्वास मार्गबाट रोग सर्न सक्छ । यसको सट्टामा नमस्ते गर्दा केही दुरी हुनाले रोग सर्ने चान्स कम हुन्छ । हात धोएर खानाले हात सफा हुनुको साथै किटाणुरहित भएको हुन्छ ।

हामीले जब ॐ भन्छौं त्यति बेला मानसिक टेन्सन समाप्त भएको हुन्छ । लामो स्वरमा जब हामीले ॐ को जाप गर्छौं त्यति बेला प्रयाप्त मात्रामा अक्सिजन प्राप्त भई कार्बनडाइअक्साइड समाप्त हुन थाल्दछ । स्वस्थ रहन हामीले प्रकृतिको नियम पालना गर्नु्पर्छ ।

अर्को महत्वपूर्ण हामीले खाने बेला नबोली खाने गर्नुपर्ने हो तर हामीले बोलेर खाने गर्छौं । यस्ता गलत बानीका कारण पेटको रोग लाग्ने गरेको पाइन्छ । यो सवै प्रकृतिको अपहेलना गर्नाले आज मानव रोगको दलदलमा फस्दैछन् । हिन्दू धर्ममा नमस्ते भन्ने चलन आज विश्व समुदायले अंगिकार गरेको देखिन थालेको छ ।

जब जब हामी प्रकृतिको विपरित जान थाल्छौं त्याहाँ रोगले मानिसलाई दु:ख र पिडा दिएको हुन्छ । प्रकृतिको पालना गरौं । हात साबुन पानीले धुने गरौं । स्वस्थ रहन प्रकृतिको नियमलाई पालना गरौं । प्रकृतिको नियमको पालना गरौं आफु पनि रोगको दलदलबाट बचौं अरूलाई पनि प्रेरित गरौं ।

यो पनि पढनुहोस्

महा मृत्युंजय मन्त्रद्वारा लिन सकिन्छ शीघ्र स्वास्थ्य लाभ

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं

मन्त्र र तन्त्रमा के शक्ति छ ? मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !