१४ बैशाख २०८१, शुक्रबार

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान


प्रधानमन्त्रीको जन्मदिनमा नेपालको नक्सा अंकित केक
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान  ! नेपालको शान्ति अमनचैन खलबलाउने मूख्य भूमिका र कारण भनेको सनातन धर्म संस्कृतिको अपमान गर्नु नै हो । केक काट्ने प्रथा पश्चिमाहरूको संस्कृति हो । आज नेपालमा केकको विवाद चर्कदैछ । यसको प्रमुख कारण पनि पश्चिमहरूको धर्म संस्कृति मान्दा देखिएको छ ।

यहाँ देशप्रति चासो नागरिकलाई मात्र रहेछ । देश हाक्ने सवै पश्चिमहरूको निर्देशनबाट चल्दा रहेछन् भन्ने प्रष्ट हुदैछ । यसरी आफ्नो धर्म संस्कृतिप्रति चासो दिन नसक्नेले देशको विकास गर्न सक्लान त ?

यहाँ हामीले एउटा कुरा बुझ्न आवश्यक छ । त्यो हो आफ्नो संस्कृतिप्रति वफादार भएर देशको शानलाई खलल हुने खालको काम गर्नुहुदैन तर यहाँ सवै उल्टो परिपाटी चल्दैछ । बाबु बिनाको देश सुरो हुन्छ भने आमा बिनाको देश टुहरो हुन्छ ।

जब मानिस म भन्दा ठूलो कोहि छैन भन्ने घमण्ड गर्न थाल्छ त्यो मान्छेको पतनको दिन शुरु भयो भनेर बुझ्न थाल्नुपर्छ । यसैलाई भन्दछन् धर्मको शक्ति । मान्छेले भगवान् छैनन् भन्छन् तर भगवान छन् । पाप छिपाएर छिप्दैन न लुकाएर लुक्छ ।

एक पटक म बुटवलबाट आउदै गर्दा गाडी परिवर्तन गर्नुपर्ने भयो । म चढेको गाडी छोडेर अर्को गाडीमा चड्न खोज्दा मलाई चडाउन मान्नुभएन ठिक छ भन्दै अर्को गाडीमा चढे गाडी डावन्ने घिउ खोलामा दुर्घटना भएर घटनास्थलमा ६ जनाको मृत्यु भएको मेरो आँखाले देखेपछि मलाई बचाउने त भगवान रहेछन् भन्ने कुरामा विश्वास जागेको थियो ।

जन्माउने र बचाउने कसैको हातमा छैन यो सवै भगवानको हातमा छ । यो संसारमा कोही ठूलो छैन, ठूलो छ भने धर्म संस्कृति छ । हामीले जे जस्तो धर्म मान्छौं त्यही अनुसार फल पनि पाउछौं । जब मान्छे मर्न थाल्छ त्यति बेला मात्र हे प्रभु मलाई चाडै लग भनेर उ बोलेको हुन्छ ।

आज धर्म मास्नेहरू नै बढी प्रभावित भएका छन् । जसले धर्म मान्दैन उ खाडलमा पर्दै जान्छ । अपराध गर्ने अपराधीको आन्तरिक मनबाट उठेको आवाजले नै उसैलाई खरानी पारेको हुन्छ । लाख कोसिस गर्दा पनि त्यो भुल्न सक्दैन । पाप र नर्क भनेकै यहि देखिन्छ ।

धर्म संस्कृति बचाउँ यसले सबैको कल्याण गर्नेछ । पश्चिमीले के गर्दैछन् भन्ने होइन हामीले के गर्ने भन्ने कुरा आफै निर्णय गर्न सक्नुपर्छ । गोपनीयताको रक्षा गर्दै देश विकासमा लाग्नुपर्छ । पाप गर्नुहुदैन यसले कालान्तरमा ठूलो दु:खको सामना गर्नुपर्छ भन्ने कुरा बुझ्न सक्नुपर्छ ।

यहाँ केक काट्नुको गल्ती प्रधानमन्त्री केपी ओलीज्यूको होइन यो त पश्चिमी सभ्यताको नक्कलले गर्दा भएको हो या भनौं उहाहरूलाई खुसी पार्न खोज्दा भएको हुन सक्छ । हामीले बाहिर हेर्ने होइन आफ्नो धर्म संस्कृतिको रक्षा गर्दै म केका लागि यहाँ आएको हो मेरो कर्तव्य केहो भन्ने कुरालाई मनन् गरी अघि बढ्न सके जीवनमा कहिलै ढोका नहुने निश्चित छ ।

यो पनि पढनुहोस्

भगवानको खोजी

के भगवान छन् त ?

पुजा होइन गर्नुपर्छ आराधना

भगवान शिवजीको महिमाको कथा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !