२२ बैशाख २०८१, शनिबार

आज महावीर जयन्ती मनाइँदै


महावीर जयन्ती

काठमाडौँ । आज आइतबार चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् ।

आजको दिनलाई महावीर जन्मकल्याणक पनि भनिन्छ । महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवान्का रुपमा पूजा गरिन्छ । महावीरको जीवनमा अभिव्यक्त विचार र व्यवहारको सङ्गमले मानवजीवनलाई सदैव मार्गदर्शन गरिरहन्छ ।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ ।

१२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् । मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ ।

शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !