७ बैशाख २०८१, शुक्रबार

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो


सोमबार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

म पहिलो पटक मनकामना पुगेको थिए मलाई लाग्थ्यो खै मनको कुरा पुग्ने हो कि होइन भन्दै म मन्दिरमा पुगेर बाहिरबाटै दर्शन गरेर मनमा कामना गर्दै घर फर्कन्थे तर पछि मागेको कुरा पुगेपछि बल्ल मलाई शक्ति छ भन्ने विश्वास जागेको थियो । मठ मन्दिर पुग्दा हामीले विश्वासपूर्बक जे मागेका हुन्छौं । जे माग्छौं त्यो हामीले अन्तर मनदेखि नै मागेका हुन्छौं भने पक्कै पुग्छ भन्ने मलाई लाग्छ ।

जहाँ विश्वास छ त्यहाँ पक्कै पनि शक्ति भएको हुन्छ । हामीले धर्म मान्छौं तर व्यवहारमा मात्र यदि अन्तर हृदय देखि नै मान्छौं भने मलाई लाग्छ पक्कै हामीले सोचेको पुग्छ । आज हरेक नेपालीले मान्ने धर्म जाड रक्सी खाएर मान्ने नखाने चिज खाएर के धर्म जीवन्त राख्न सकिन्छ ।

२१ औं शताब्दीसम्म पुग्दा यसलाई नमान्ने अन्य धर्म संस्कृति मान्नेहरू जसले धर्म होइन पैसाको पछि भाग्नेहरूलाई यसको वास्तविक अर्थ थाहा नहुन सक्छ । यस्तै व्यक्तिको कारण आज धर्मलाई केवल पैसा तान्ने माध्यम हो भन्ने मात्र बुझेको देखिएको छ । आज धर्म संस्कृति धरापमा पर्दैछ ।

एउटा पशुले मानिसको हरेक कुरा बुझ्दछ । यता आ भन्दा आउछ उता जा भन्दा जान्छ । त्यस्तो पशुको बध गरेर हामीले स्वाद लिएका हुन्छौं । मानिसलाई कलियुगमा राक्षसको श्रेणीमा राखेको देखिएको छ । हामीले एउटा कुकुर पालेका थियो उ मंगलबार उपबास बस्थ्यो कसैले दिएको खाना खादैनथ्यो मैले उसलाई अनेकौं चिज खान दिने प्रयत्न गर्थे उ खादैनथ्यो ।

यसरी पशुले पनि धर्म मान्ने देखिएको थियो । तर हामी पशुभन्दा पनि घटिया सोच राखेका हुन्छौ पशु बध गर्छौं भने हामीलाई कसरी लाभ हुन सक्छ । हामीमा स्वार्थ यति हावी भयो की हामीले राम्रो नराम्रो केहि बुझ्न सकेनौ । धर्मको अर्थ बुझ्न हामी अमेरिका, चाइना, जापान र भारत गएर हेर्नुपर्छ ।

जब हामी मठ मन्दिर पुग्छौं मागेको कुरा पुग्छ भन्ने कुरा हरेकले बुझ्न आवश्यक छ । नुहाएर मात्र धर्म पुग्ने होइन । जबसम्म हामीले हामी भित्रको फोहर सफा गरेर अन्तर हृदयदेखि नै भगवान भक्तिमा रहन्छौं त्यसरी नै हामीले शक्तिको संचार हामी भित्र पाउन थाल्नेछौं ।

आज हामीले ॐ शान्ति मानौं चाहे कृश्चियन धर्म मानौं चाहे मुस्लिम धर्म मानौं सवै धर्मको जड एउटै हो भन्ने कुरा बुझ्न आवश्यक छ । धर्म जीवन्त राख्न व्यक्ति गुरूको आवश्यक हुन्छ । गुरूको सानिध्यमा रहेर यदि हामीले धर्म मान्छौं भने धर्मको जग तब मात्र बलियो हुन सक्छ ।

यो पनि पढनुहोस्

के भगवान छन् त ?

ॐ को अर्थ र मानव स्वास्थ्यमा यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !