१२ बैशाख २०८१, बुधबार

महा मृत्युंजय मन्त्रद्वारा लिन सकिन्छ शीघ्र स्वास्थ्य लाभ


महा मृत्युंजय मन्त्र
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

महा मृत्युंजय मन्त्रद्वारा लिन सकिन्छ शीघ्र स्वास्थ्य लाभ । विश्वमा नोबेल कोरोना भाइरसले त्रसित गरेको अवस्थामा यो मन्त्रको होम गर्नाले रोगको प्रकोप रोक्न सकिन्छ । शिवजीको उपासना र आराधना गर्नाले तत्क्षण लाभ हुने हिन्दू धर्म ग्रन्थमा उल्लेख गरेको छ ।

आज विश्वमा महामारीको रूपमा फैलिएको रोग शान्त पार्न विश्व होम गर्ने समय आएको छ । हिन्दू धर्मको महिमा अपरम्पार छ । नमस्ते भन्ने संस्कारको जन्म पनि हिन्दू धर्मबाटै भएको थियो । आज विश्वले नमस्तेको रूपमा लिएको छ ।

धर्मलाई अफिम मान्नेहरूले पनि आज हिन्दूत्वको प्रयोग स्वरूप नमस्ते नै ठिक भन्दैछन् । आउनुहोस् महा मृत्युंजय मन्त्रबारे जानौं । महा मृत्युंजय मन्त्रलाई संजिवनी मन्त्र पनी भन्दछन् । महा मृत्युंजय मन्त्रलाई संजिवनी मन्त्र भन्नुको रहस्य यस्तो छ । हिन्दू धर्म ग्रन्थमा तत्काल फाइदा उठाउन यसको होम गरिन्छ ।

महा मृत्युंजय मन्त्रको नियमित जाप गर्नाले विपति, दुर्भाग्य, अमंगल, दुर्घटनाबाट रोक्न मद्दत गर्छ भनेको छ । यो मन्त्रको उच्चारण गर्दा निस्कने ध्वनिले शरीरमा कम्पन्न उत्पन्न गरी सुरक्षा कवचको काम गर्दछ । यसको प्रभावले शरिरमा लाग्न सक्ने रोग दैवी शक्ति पैदा गरी रोग लाग्नबाट समेत बचाउदछ ।

नियमित मन्त्र उच्चारण गर्दा मानिसको जीवनमा सुख, समृद्धि र शान्ति ल्याउन राम्रो भूमिका खेल्दछ । कसैको परिवारजन, मित्र आदि गम्भीर रोगको चपेटामा हुनुहुन्छ भने महामृत्युंजय मन्त्रको निरन्तर जाप गर्नाले तुरुन्त फाइदा देखिन थाल्दछ । कुनै गम्भीर महारोग, दुर्घटनाबाट पीड़ित व्यक्तिको पास १००८ बार महा मृत्युंजय मन्त्रको निरन्तर जप, गर्नाले तुरुन्त स्वास्थ लाभ प्रदान गर्दछ ।

|| महा मृत्‍युंजय मन्त्र ||

ॐ त्र्य॑म्बकं यजामहे सु॒गन्धिं॑ पुष्टि॒वर्ध॑नम् । उ॒र्वा॒रु॒कमि॑व॒ बन्ध॑नान् मृ॒त्योर्मुक्षीय॒ माऽमृता॑त् ।।

यो पनि पढनुहोस्

के भगवान छन् त ?

पुजा होइन गर्नुपर्छ आराधना

ॐ को अर्थ र मानव स्वास्थ्यमा यसको प्रयोग

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं

मन्त्र र तन्त्रमा के शक्ति छ ? मन्त्र र तन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार र पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !