१४ बैशाख २०८१, शुक्रबार

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं


नमस्कार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं ! समय परिवर्तनसंगै यस्ता राजनीति रोगसंग डराउनु पर्दैन । नेपालमा यस्ता रोग सर्नको लागि केहि समय लाग्न सक्छ । स्वास्थ्यको दृष्टिकोणले नेपाल धेरै अघि छ । हिजोका नेपाली र आजका नेपालीमा धेरै फरक देखिएको छ । रोग लाग्नुको पछि सरसफाई र खानपानलाई प्रमुख स्थान दिइएको छ ।

हात मिलाउने सभ्यता भनेको पश्चिमी सभ्यता हो । हामीले आफ्नो सभ्यता कदापि भुल्नु हुदैन । हामीले आफ्नो मान्यजनलाई नमस्कार गर्छौं । न यसमा रोग सर्ने डर नत हात नै धुनुपर्ने झण्झट । कसैलाई नछोएपनि पुग्ने न मनमा त्रास नत रोग नै सर्ने डर ।

आज विश्वमा कोरोना भाइरसले त्रास फैलाएको छ । हाम्रो जंगलमा असुरो त्यसै फालिएको छ । श्वास-प्रश्वास सम्बन्धित रोगमा समेत चमत्कारिक फाइदा लिन सकिने असुरो प्रयोग गरेर नोवेल कोरोना भाइरस हटाउन सकिने औषधि प्रयोग गर्न सके विश्वमा नाम कमाउन सकिने भएको छ ।

नोवेल कोरोना भाइरस फेस मास्क लगाएर रोकी नै होइन यो त सरसफाई र दुखित खानपिनले सर्ने रोग हो । हिजो एड्स लागेमा मानिस तुरुन्त मर्न सक्छ भन्ने हल्ला फिजाइएको थियो तर मानिस एड्स भएर मरेको रेकड छैन । पछि इवोला भाइरसको बिगबिगी भएको थियो केहि मरे आज नाम सुनिदैन । यसरी नै यो जस्ता अनेकौं भाइरसको इतिहास बन्दै जानेछ ।

रोग लाग्नुको प्रमुख कारण भनेको रोगसंग लड्ने इमिम्युनो सिस्टम कमजोर हुन हो । यदि हाम्रो शरीर बलियो छ भने कुनै पनि रोगले आक्रमण गर्ने सम्भावना कम हुन्छ । इम्युनो सिस्टम डेप्लप कसरी गर्ने यसतर्फ हामी लाग्नु आवश्यक छ । कुनै पनि रोगको पछाडि खानपिनको नै प्रमुख हात हुन्छ ।

हामीले खाने हरेक खाना दुषित होइन सफा हुनुपर्छ । अरूले जे खाए हामीले पनि त्यही खानुपर्छ भन्ने होइन । कोरोना भाइसबाट बच्न हात नमिलाई नमस्ते गरेर आफु पनि बचौं अरूलाई पनि बचाउ भन्ने हाम्रो आग्रह छ । नमस्ते नेपाल !

यो पनि पढनुहोस्

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !