१५ असार २०८१, शनिबार

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश


असोज २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि ओलीले प्रदेश र संघको निर्वाचनमा एमाले दुई नं प्रदेशमा बहुमत ल्याउने बताएका छन् ।  शनिवार राती १२ बजेबाट म्याद सकिएको व्यवस्थापिका संसदका निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई टिका र खादा लगाएर एमालेमा प्रवेस गराउदै उक्त कुरा बताएका हुन् ।

ओलीले मधेशमा एमालेविरुद्ध फैलाएको भ्रम चिर्ने र त्यसको परिणाम प्रदेश र संघको निर्वाचनको परिणामले देखाउने बताए । आजै एमाले प्रवेश गरेका यादव राप्रपाबाट उपसभामुख भएका थिए । माओवादी केन्द्र,एमाले र राप्रपाको गठबन्धनमा उनी उपसभामुखमा निर्वाचित भएका थिए ।

एमाले सरकार बाहिर हुदा तराईको विकासकालागि आफुहरुले ल्याएको कार्यक्रम अलपत्र परेको बताए  । ओलीले भने‘एमालेले सरकारमा हुदा ल्याएको कार्यक्रम त्यहाँको विकासकालागि लागि असाधारण छ । त्यहाँका जनताकालागि जनता आवास कार्यक्रम ल्याएका हौ । तर त्यो हामीले सरकार छोडेपछि त्यो अलपत्र छ ।’

काँग्रेस सरकारमा आएपछि देशका उद्योगधन्दा निजीकरणको नाममा बेचेको आरोप लगाए ।  कार्यक्रम ओली निवास बालकोटमा आयोजित गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !