
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
उनले सरकारले समस्या समाधान गर्न नसके तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । शिक्षक, स्वास्थ्यकर्मी आन्दोलनरत रहेको र सरकार रमिते बनेको आरोप लगाए ।
शाहीले शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना समेत गरे । त्यसैले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको उनको भनाइ छ ।