१५ बैशाख २०८१, शनिबार

महाकाली नदी पूर्वको भू-भाग नेपालको हो : नेपाली काँग्रेस


Nepali Congress Province 3 नेपाली काँग्रेस प्रदेश ३

१३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले महाकाली नदी पूर्वको भू-भाग नेपालको भएको बताएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ३ घण्टा बसेको सर्वदलीय बैठक पार्टीले उक्त पार्टी प्रस्तुत गरेको धारणा एक प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सो कुरा बताएका छन् ।

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा आज नेपाली कांग्रेसका तर्फबाट सभापति श्री शेरबहादुर देउवा, नेता श्री रामचन्द्र पौडेल, उपसभापति श्री विमलेन्द्र निधि र पूर्व महामन्त्री श्री कृष्णप्रसाद सिटौला सहभागी भएका थिए ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसद्वारा प्रस्तुत गरेको धारणा यसको छ :

१. महाकाली नदि पूर्वको भू-भाग नेपालको हो

सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू-भाग हुन् । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोहोर्याउन चाहन्छौं ।

२. कुटनैतिक पहलबाट समाधानमा पुगौं

उच्च स्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गरिनुपर्छ भन्ने हाम्रो आग्रह छ ।

३. संविधान संशोधन बारे केन्द्रीय समितिबाट निर्णय गर्छौं

संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं ।

यो पनि पढ्नुहोस्

भौगोलिक अखण्डता र सीमा रक्षाको विषयमा दलहरू एक हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !