१८ बैशाख २०८१, मंगलबार

काठमाडौंबाट बाहिर जान दिने निर्णयवाट पछि हट्यो सरकार


लकडाउनको समयमा काठमाडौँ उपत्यका

चैत्र २७, काठमाडौं । नेपाल सरकार काठमाडौंमा फसेकालाई घर जान दिने निर्णयबाट फेरि पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको सूचना सार्वजनिक गरेको थियो ।

तर, पछि गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसमा असहमति जनाएपछि निर्णय फिर्ता लिइएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको पनि बताएका छन् ।

कोभिड-१९ संक्रमण रोकथाम तथा समन्वय उच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

मन्त्री नेम्‍वाङका अनुसार पर्याप्त स्रोत र साधन नभएकोले गर्दा तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन नसकिने तर काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताएका छन् ।

काठमाडौं उपत्यकाबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिने उच्चस्तरीय समन्वय समितिको निर्णय सार्वजनिक भएलगत्तै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विरोध जनाएका थिए ।

सरकार सम्बद्ध उच्च स्रोतले कान्तिपुरलाई दिएको जानकारीअनुसार काठमाडौंमा अलपत्र नागरिकलाई बाहिर जाने दिने पहिले नै सहमति भएपनि आन्तरिक रुपमा नै मतभेद भएपछि सरकार पछि हटेको हो ।

यो पनि पढ्नुहोस्

शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जान दिने सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !